Logo

२०८३, आश्विन ९गते


images
images

चुनावमय देवदह : केरवानी माविबाट सुरुभएको चुनावी सरगर्मी खानेपानीसम्म पुग्यो  

चुनावमय देवदह : केरवानी माविबाट सुरुभएको चुनावी सरगर्मी खानेपानीसम्म पुग्यो  

images
  • चुनावमय देवदह : केरवानी माविबाट सुरुभएको चुनावी सरगर्मी खानेपानीसम्म पुग्यो  
    images
    images

    रेशम अधिकारी । स्थानीय चुनावको सरगर्मी बढ्दो छ। गाउँ घरका  चियापसल देखि सहरसम्म  चुनाव कै चर्चा छ ।  राजनीतिक कार्यकर्ता, नागरिक सबैलाई चुनावको चासो छ  । निर्वाचन आयोगले बैशाख ३० गते चुनावको मिति घोषणा गरे संगै को उम्मेदवार बन्छ र कसले जित्ला  भन्नेसम्मका आंकलन पनि हुँदै आएका छन् । 

    images
    images
    images

    यता, स्थानीय तहको चुनाव आउन दुई महिना बाकी नै रह्दा देवदहमा भने  चुनावी माहोल दिनहुँ बढ्दो देखिन्छ  ।  केही दिन अघि मात्र एक सामुदायिक विद्यालय केरवानी माविको ब्यबस्थापन समितिको निर्वाचन सकिए लगत्तै, देवदह क्षेत्र यतिबेला पुन: चुनावमय भएको  छ ।

    images
    images
    images

    चुनाव चिन्ह सहित व्यक्तिको प्रसार देख्दा तपाईंलाई लाग्ला, यहाँ कुनै दलको सम्मेलनमा मतदाता भोट माग्दै होलान् । तर, त्यसो होइन । ४ हजार ३ सय मतदातामा चुनावी सरगर्मी छ । त्यो पनि दलीय प्यानल बनाएर ।

    images
    images
    images

    चुनाव के को ?

    हो, यो चुनावी माहोल हो देवदह  खानेपानी उपभोक्ता संस्थाको । ४ हजार ३ सय ४३ मतदाता रहेको देवदह  खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ ।

    संस्थाको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस र माओवादी सहितको संयुक्त ६ दलिय गठबन्धनबाट मोतिलाल ढकाल र नेकपा एमालेबाट गुमान सिंह कुँवर प्रतिस्पर्धामा होमिएका छन् । 

    संयुक्त गठबन्धनको प्रतिनिधित्व गर्दै नेकपा माओवादी केन्द्रका मोतीलाल ढकाल अध्यक्ष रहेको प्यानलमा, राप्रपाका मिनादेबी रिमाल उपाध्यक्षमा, कांग्रेसका डिल्लीराज मरासिनी सचिबमा र एकीकृत समाजवादीबाट थानेश्वर भट्टराई कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा प्रतिस्पर्धामा छन् । 

    त्यसैगरि एमालेका गुमान सिं कुँवरको प्यानलको उपाध्यक्षमा,अनिशा पौडेल लामिछाने, सचिबमा हरि प्रसाद पाण्डे र  कृष्ण प्रसाद ज्ञवाली कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा छन् ।
     
    देवदह  खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि आगामी १४ फागुनमा मतदान हुँदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।