Logo

२०८३, कार्तिक २५गते


images
images

महिला टी-२० विश्वकप

नेपाल नेदरल्याण्डससँग २ रनले पराजित

नेपाल नेदरल्याण्डससँग २ रनले पराजित

images
  • नेपाल नेदरल्याण्डससँग २ रनले पराजित
    images

    काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेदरल्याण्डसले नेपाललाई पराजित गरेको छ । विहिबार सम्पन्न समुह बी अन्तर्गतको खेलमा नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको हो ।   

    images
    images
    images

    नेदरल्याण्डसले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले अविजित ३७ रन बनाए पनि जिताउन सकिनन् । त्यस्तै बिन्दु रावलले १९, सिता राना मगरले अविजित २७ रन बनाएकी थिइन् ।

    images
    images
    images

    यसअघि नेदरल्याण्डसले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको थियो ।

    images
    images

    नेदरल्याण्डसका लागि कप्तान बाबेट डे लिड्सले सर्बाधिक ४९ रन बनाएकी थिइन् भने स्टेरे कालिसले ३० रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रुबिना क्षेत्रीले २ विकेट लिएकी थिइन् भने सोमु बिष्ट, पुजा महतो र रिया शर्माले एक एक विकेट लिएका थिए ।

    जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यस अघि नेपाल पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । त्यसैगरी नेदरल्याण्डसले भने लगातार तेस्रो जित हासिल गरेको छ । अब नेपालले अर्को खेल शनिबार जिम्बाबेसँग खेल्ने तालिका छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेदरल्याण्डस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।