Logo

२०८३, कार्तिक २५गते


images
images

नेदरल्याण्डसले टस जित्यो : नेपाललाई व्याटिङ्गको निम्तो

नेदरल्याण्डसले टस जित्यो : नेपाललाई व्याटिङ्गको निम्तो

images
  • नेदरल्याण्डसले टस जित्यो : नेपाललाई व्याटिङ्गको निम्तो
    images

    काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ ।

    images
    images
    images

    यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसंगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले यस सिरिजमा पहिलो पटक पहिला ब्याटिंग गर्न लागेको छ ।

    images
    images
    images

    नेपालले यस सिरिजमा यसअघि खेलेका तीन मध्ये २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसविरुद्ध ५ विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा स्कटल्याण्डविरुद्ध २ रनको झिनो अन्तरको हार बेहोरेको थियो ।   

    images
    images

    नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने नेदरल्याण्डसले पनि ३ खेलनै जितेको छ ।  

    हाल लिग-२ को अंक तालिकामा नेपाल १५ खेलमा १० अंकसहित सातौं स्थानमा रहेको छ । नेपालले १५ खेलमा ४ खेल जितेको छ भने ९ खेलमा हार बेहोरेको छ र २ खेलको नतिजा आएको छैन । त्यस्तै नेदरल्याण्डसको २२ खेलमा २६ अंक रहेको छ र हाल दोस्रो स्थानमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेदरल्याण्डस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।