Logo

२०८३, कार्तिक २७गते


images
images

गुल्मीका कृष्ण प्रसाद : च्याउ खेतीका ब्रान्डेड कृषक

गुल्मीका कृष्ण प्रसाद : च्याउ खेतीका ब्रान्डेड कृषक

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीका कृष्ण प्रसाद : च्याउ खेतीका ब्रान्डेड कृषक
    images

    कृष्ण अन्जान, गुल्मी । परिश्रमी पाखुरा बजार्ने हाे भने समृद्धिकाे यात्रा तय गर्न कहिँ जानू पर्दैन भन्ने ज्वलन्त उदाहरण हुन्, छत्रकाेट -४ का उद्यमी किसान कृष्ण प्रसाद कँडेल ।

    images
    images
    images


    कँडेललाई थकाई कतिबेलै छैन, आफ्नो स्कुटरमा आफ्नै च्याउफार्ममा उत्पादन गरेका विभिन्न जातका च्याउ बाेकेर कहिले रुरुक्षेत्रकाे रिडी, थाेर्गा, च्यूरेक बलेटक्सार, रानिवास त कहिले गुल्मीदरबार गाउँपालिकाकाे बिरबास गौँडाकाेट , कहिले सत्यवति गाउँपालिकाकाे उल्लिखाेला, खैरेनी त कहिले रेसुँगा नगरपालिकाकाे तम्घास तिर च्याउ बेच्दै डुल्नु उनकाे दिनचर्या हाे ।

    images
    images
    images

    received_1581597445573149.jpeg
    लामाे समय बैदेशिक राेजगारीमा रहेका उनी गाउँ फर्केर बिगत दुई वर्ष देखि व्यवसायीक च्याउखेतिमा सँलग्न मात्रै छैनन कि याे क्षेत्रकै उत्कृष्ट च्याउ कृषक बनिसकेका छन कँडेल ।

    images
    images


    'लामाे समय विदेश तिर बसियाे गाउँ फर्केर गाउँमै केही गर्न मन लाग्यो र च्याउ खेति तिर लागेँ,' कृष्ण प्रसाद कँडेलले भने ।

    छत्रकाेट गाउँपालिका वडा न ४ श्रृङ्गा रुप्सेमा उनकाे घर छ र यहि ठाउँमा उनकाे वैभवताकाे विशाल च्याउ फार्म छ । उनलेे यतिबेला उत्पादन गर्ने च्याउका मुख्य जातहरुमा कन्ये र सिताके हाे ।


    शुरुमा परालबाट गरिने कन्ये च्याउबाट च्याउखेती शुरु गरेका कँडेलले पछिल्लो पटक सिताके जातकाे च्याउकाे व्यवसायीक उत्पादन शुरु गरेर गुल्मी जिल्लामै सिताके च्याउ खेतिकाे ब्रान्डेड कृषक बनेका छन ।


    गर्न त कन्ये जातकाे च्याउ पनि राम्रै उत्पादन हुने गरेकाे छ तर धेरै उत्पादन सिताके च्याउकाे छ कँडेलले भने ।

    received_238890655117595.jpeg
    हिउँद भरि स्थानीय अँगाहा, खर्ज्याँग, अर्गली सत्यवतिका फाँटहरुबाट परालको जाेहाे गरेर कन्ये च्याउ उत्पादन गर्ने उनले कन्ये च्याउ सँगै करिब एकहजार धार्नी र कटुँसका मुडाहरुमा सिताके च्याउ उत्पादन गरेका छन ।


    कलेजी राताे रंगकाे सिताके च्याउ काठका मुडामा फल्ने च्याउ हाे । याे च्याउकाे खेति गर्न धामा पनि धेरै छ र परिश्रम पनि त्यत्ति तर बजारमा याे च्याउकाे माग धेरै छ ।


    अत्यन्तै स्वास्थ वर्धक याे च्याउ मधुमेह काेलाेस्ट्राेल ब्लड प्रेसर तथा क्यान्सरका राेगीहरुका लागि अत्यन्तै लाभदायक मानिन्छ । अझै सुत्केरी आमाहरुका लागि सिताके च्याउकाे सेवन अत्यन्तै पाेषिलाे त छ नै सुत्केरीहरुकाे दूध कम आयाे भने याे च्याउकाे सेवनले दूध आउँछ । त्यसैले पनि सुत्केरी आमाहरुलाई पाेषिले हुने र बच्चालाई याे च्याउकाे सेवन गरेका आमाबाट प्रयाप्त दूध प्राप्त हुन्छ ।


    त्यसाे त सिताके च्याउ शहर बजार तिर किलाेकाे २ हजार सम्म बिक्छ तर उनले गुल्मीका गाउँ घरमा प्रतिकिलो छ सय सम्ममा बिक्री गर्छन ।


    उच्च लगानी र त्यत्तिकै परिश्रमम्मा लागेपनि याे च्याउकाे बिक्री मुल्य भने गाउँघरमा सस्ताे हाे ।
    स्वास्थबर्धक याे च्याउकाे सेवनमा बानीपार्न आफुले सस्तोमा गाउँगाउँ घर घर सम्म पुर्‍याउने गरेकाे कँडेलकाे भनाई छ ।


    दैनिक उनकाे च्याउ फार्मबाट कन्ये र सिताके गरि एक क्विन्टल च्याउ उत्पादन हुने गरेकाे छ । गाउँघरमा आफ्नै सवारी साधनमा बेच्दा पनि महिनाकाे नब्बे देखि एकलाख सम्मकाे आम्दानी हुने गरेकाे कँडेलकाे भनाई छ ।


    यति ठुलाे परिमाणमा व्यवसायीक च्याउखेति गरेपनि अहिलेसम्म उनी माथि राज्यको आँखा परेकाे छैन तर उनी आशावादी छन ।


    कृषि ज्ञान केन्द्रका सरहरुले पटकपटक निरिक्षण गर्नुका साथै हौसला दिनु भएकाे छ सायद याे वर्ष केही सहयाेग हुन्छ कि उनले भने ।


    सिताके च्याउका लागि काठ आवस्यक छ यतिन्जेल त आफ्नै वारि खरबारीका काठकाे प्रयाेग गरेकाे छु काठ नपुग भएकाले काठकाे जाेहाेका लागि कानुनी प्रक्रिया के हाे ? आफू अनभिज्ञ रहेकाे उनलेे बताए ।
    गाउँमै बसेर यसरी परिश्रमका पाखुरा बजारेर समृद्धि खाेजि रहेका कृष्ण प्रसाद कँडेललाई राज्यकाे निकाए तथा स्थानीय तहकाे सहयाेग र हौसला आवस्यक छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।