अनिष पन्थी,गुल्मी । रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीले आज एक कार्यक्रमका बिच ३९ औ वार्षिकोत्सव तथा ३७ औ क्यामपस सभा मनाएको छ ।कार्यक्रममा क्यामपस प्रमुख हरि बहादुर खत्रीले बार्षिक प्रतिबेदन तथा प्रगति बिबरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न शाखाका प्राध्यापक, कर्मचारीहरुलाई रेसुङ्गा नगरपालिका उप– प्रमुख सीता भण्डारी, क्यम्पस प्रमुख हरि बहादुर खत्री र क्याम्पस सञ्चालन समिती अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ लगायत उपस्थित अतिथिहरुले प्रमाणपत्र सहित सम्मान गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा विभिन्न विद्याका सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
स्व.प्राध्यापक कुन्जरमणी गौतमको समझनामा स्मृति कोष खडा गरि गरिब, जेहेन्दार, बिपन्न, अनुशासित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने प्रयोजनले २ लाख ५२ हजार ३७८ रकम क्यामपसलाई प्रदान गरिएको छ । कार्यक्रममा विभिन्न सामाजिक व्यक्तीत्वले नया अक्षय कोष स्थापना समेत गरेका छन ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका उप-प्रमुख सीता भण्डारीको विशेष आतिथ्यता रहेको थियो । यस्तै नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, नेकपा एमाले कार्यालय सचिव गणेश श्रेष्ठ, जनता समाजवदी पार्टी गुल्मीका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे, राप्रपाका प्रतिनिधी अनिल कक्षपति, नेकपा एसका जिल्ला सहसंयोजक गणेश विश्वकर्मा, पूर्व सभासद दिलशोभा पुन, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख लोकनाथ मरासिनी, वडाअध्यक्ष भरत भलामी, थम्मन केसि, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद कंडेल,गुल्मी उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष श्रीप्रसाद भलामी, जग्गादाता कृष्णप्रसाद भण्डारी, क्याम्पस सञ्चालक समितीका निवर्तमान अध्यक्ष शालिक पन्थीको आतिथ्यता रहेको थियो ।
यस्तै सदस्यहरु पूर्व अध्यक्ष सुरेशचन्द्र भुसाल, क्याम्पस सञ्चालक समितिका पूर्व कोषाध्यक्ष रूद्र बहादुर भुजेल, पूर्व क्याम्पस प्रमुख चन्द्रकान्त पन्थी र ढुण्डीराज पोखरेल, जग्गादाताहरू मान बहादुर श्रेष्ठ, पूर्व क्याम्पस प्रमुख शशी पन्थी, दीन पन्थी, विभिन्न कार्यलय तथा सुरक्षा निकायका प्रमुख, शैक्षिक तथा वित्तिय संघ संस्थाका प्रमुख, उद्योगव्यवसायीहरु, कार्यरत एवं पूर्व प्राध्यापक तथा कर्मचारी, विद्यार्थी संघ संगठनका प्रमुखहरु, पत्रकार, विद्यार्थीहरु, चन्दादाता, शुभचिन्तक, शिक्षाप्रेमीको उपस्थिती रहेको थियो।
यस क्षेत्रका शताब्दी पुरूष १०१ वर्षीय पर्सुराम पन्थी उपाध्यायको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा क्याम्पस सञ्चालक समितीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता रहेको थियो ।
सञ्चालक समितीका उपाध्यक्ष धर्म विश्वकर्माको स्वागतबाट सुरु भएको ३९ औ वार्षिकोत्सव कार्यक्रमको सञ्चालन क्याम्पस सहयाक क्याम्पस प्रमुख गुणानिधी शर्माले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology