देवदह । देवदह नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि उनीहरूले गरेका कामहरूको छोटो विवरण बुधबार सम्पन्न नगरसभामा प्रस्तुत गरिएको छ ।
आफ्नो कार्यकाल सकिन केही महिनामात्र बाँकी रहदा नगरपालिका पदाधिकारीहरूले सार्वजनिक गरेको उक्त विवरणमा जनप्रतिनिधि निर्वाचित भएपछि उल्लेख्य कामहरू भएको जनाईएको छ ।
हेरौं कुन क्षेत्रमा केके काम भयो ?
कृषि तर्फ :
- १ सय ३२ कृषक, कृषि समूह, फर्म र सहकारीलाई कृषकको लागत घटाउन ५० प्रतिशत अनुदानमा पावर टिलर, रिपर, मिनिटिलर र कर्न सेलर लगायतका कृषि उपकरण वितरण
- ९ सय विघामा हुँदै आएको सिंचाइमा ४ सय विघा थप
- नगरमा पहिलो पटक १० बिघा जमिनमा रामपुर हाइब्रीड जातको मकै बिज वृद्धि कार्यक्रम संचालन
- देवदहको वडा नं. ४, ५, ६, १०, ११ र १२ मा धान, मकै, तरकारी, माछा, र सिमि गरि ६ वटा पकेट क्षेत्र स्थापना
- नगरपालिकाको माटो उर्वरा शक्तिको नक्सा किताब तयार
- वडा नं. ११ मा कृषि उपज संकलन केन्द्र स्थापना
- कोभिड १९ को कारण विदेशबाट फर्किएका ६३ जना युवालाई रोजगारी
- मौरी पालनलाई प्रोत्साहन गर्न २५० वटा मौरी गोला सहितको घार वितरण
- च्याउ खेती तालिम तथा ७ हजार प्याकेट च्याउको बीउ वितरण
- ३ सय बाच्छीमा कृत्रिम गर्भाधान गराई गाईमा नश्न सुधार
- नश्ल सुधारका लागि बर्षेनी उन्नत जातका ३ वटा वोयर बोका खरिदमा अनुदान दिई बाख्रामा नश्ल सुधार
- बाख्राको श्रोत विकास गर्न वडा नं. ६ दाउन्नेमा ५० जनाको दाउन्ने बाख्रापालन गठन गरि प्रत्येक बर्ष ५ लाख विनियोजन
- पशुमा लाग्ने खोरेत, भ्यागुते, चरचरे र पिपिआर रोग विरुद्धको खोप कार्यको निशुल्क व्यवस्था
- पशुसेवा शाखामै थुनेलो र गोवर परिक्षण गर्ने व्यवस्था मिलाईएको
शिक्षा तर्फ
- कक्षा १-८ सम्मको स्थानीय पाठ्यक्रम लागू
- देवदहका विभिन्न विद्यालयमा ४२ वटा नयाँ कक्षाकोठा निर्माण
- माध्यमिक तहमा नगरपालिकाको आन्तरिक स्रोतबाट तलब खानेगरी १२ जना स्वयंसेवी शिक्षक नियुक्त
- चारवटा विद्यालयका लागि एक करोड बजेट विनियोजन गरि यातायात (बस) को व्यवस्था
- देवदहका ४५ जना शिक्षकलाई ल्यापटप खरिद गर्न १५ हजारका दरले रकम अनुदान
- नगर शिक्षा गुरुयोजनाको निर्माण कार्य अन्तिम चरणमा
स्वास्थ्य तर्फ :
- सिक्टहन स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुति तथा प्रयोगशाला
- स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य चौकी निर्माण गरिदैं
- देवदह स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि १५ बेडको नगर अस्पतालमा स्तरोन्नति गर्ने
- ८ प्रकारका कडा रोग लागेका विपन्न नागरिकलाई अस्पतालसम्म जानका
- पुस मसान्तसम्म ३९ हजार ७ सय ५६ नागरिकलाई कोरोना खोप
भौतिक पुर्वाधार निर्माण :
- स्थानीय उत्पादन बिक्री वितरण गर्न देवदह बहुउद्देश्यीय भवन निर्माण
- नगरपालिकाको शहरी विकास योजना तयार
- नगर यातायात गुरुयोजना तयार
- देवदह ७ मा यशोधरा पार्क र देवदह ५ मा गौतमबुद्ध राष्ट्रिय उद्यानको स्तरोन्नति
- मंगल पुस्करणी दह, शितलनगर क्रीकेट स्टेडियम, पानवारी फुटबल स्टेडियमको डिपिआर तयार
- रोहिणी बाँध र गौतम बुद्ध अन्तर्राष्ट्रिय उद्यान तथा संग्राहलयको डिपिआर तयार
- खानेपानी तथा सिंचाईका लागि करिब ५० वटा बोरिङ्ग निर्माण
- औद्योगिक ग्राम निर्माणका लागि वडा नं. ३ को टटेरामा डिपिआर तयार
पर्यटन तर्फ :
- नगरपालिकाको भवानीपुर तथा पुर्व पश्चिम लोकमार्गको दायाँबायाँ साथै भित्र पर्ने निर्माण भैसकेका घरहरूको बाहिरी भाग बुद्धसंग सम्बन्धित एउटै रङ्ग प्रयोग गर्न अनुदानको व्यवस्था
- स्पेनमा बन्न लागेको लुम्बिनी गार्डेन परियोजनामा देवदहको समेत चिनारी राखिएको
- लुम्बिनी गौतमबुद्ध विश्वविद्यालयको आंगिक क्याम्पस स्थापना भइ पठनपाठन सुरु
कानुन तर्फ :
- २४ वटा ऎन, ४ वटा नियमावली, २३ वटा कार्यविधि/मापदण्ड र २ वटा आचारसंहिता गरि कुल ५८ वटा कानुन निर्माण