Logo

२०८३, कार्तिक २६गते


images
images

देवदह नगरसभा : आन्तरिक तर्फ झन्डै २ करोड राजश्व संकलन, यस्तो छ; ६ महिनाको प्रगति विवरण

देवदह नगरसभा : आन्तरिक तर्फ झन्डै २ करोड राजश्व संकलन, यस्तो छ; ६ महिनाको प्रगति विवरण

images
  • सेतोमसी सहकर्मी
  • देवदह नगरसभा : आन्तरिक तर्फ झन्डै २ करोड राजश्व संकलन, यस्तो छ; ६ महिनाको प्रगति विवरण
    नगरसभा फाईल तस्वीर । फोटो : राहुलदेव सापकोटा / सेतोमसी
    images

    पुर्ण पौडेल, देवदह  । देवदह नगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ को अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । नगरपालिकाको दशौं नगरसभामा चालू आर्थिक वर्षको ६ महिनाको प्रगति विवरण पेश गरिएको हो ।

    images
    images
    images


    प्रस्तुत प्रतिवेदनमा चालू आर्थिक वर्षको पौष मसान्तसम्म करीव  १ करोड ८६ लाख आन्तरिक तर्फ राजस्व संकलन गरिएको उल्लेख छ । साथै सेतोमसीलाई प्राप्त सूचना अनुसार चालू आर्थिक वर्षमा ५ करोड ३१ लाख पुँजीगत खर्च भएको छ ।

    images
    images
    images


    कुन क्षेत्रमा के प्रगति भयो ?

    images
    images

    कृषि कार्यक्रम तर्फ कृषकहरूको सूचिकरण तथा परिचयपत्र वितरणका लागि संबंधित सहकारीहरूलाई किसान सूचिकरण सम्बन्धि तालिम दिइएको उल्लेख छ । त्यसैगरी १२ वटै वडामा च्याउ खेती सम्बन्धि ३ दिने तालिम तथा १ हजार दुई सय पोका बीउ वितरण गरिएको छ । बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिमा राहत दिन २ करोड ८ लाख ९२ हजार ९५ रुपैया जिल्ला प्रशासनसंग माग गरिएको छ । ७ वटा बोरिङको विद्युत महसुलमा ५० प्रतिशत अनुदानका लागि आवेदन संकलन गरिएको नगरपालिकाले जनाएको छ । साथै ५० प्रतिशत अनुदानमा साना कृषि औजार तथा उपकरण वितरण गर्न आवेदन संकलन गरिएको प्रतिवेदनमा उल्लेख छ ।


    पशुसेवा कार्यक्रम अन्तर्गत नश्ल सुधारका लागि ६ हजार ३ सय भैंसी र बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । ५० प्रतिशत अनुदानमा उन्नतजातका बोका वितरण गरिएको छ । ९ हजार ९ सय ७५ पशुलाई भ्यागुते र चरचरे रोग विरुद्धको खोप लगाईएको छ ।


    महिला बालबालिका तथा जेष्ठ नागरिक तर्फ १६ दिने लैंगिक हिंसा दिवस मनाईएको, अपांगता दिवसमा उत्कृष्ट संरक्षणकर्तालाई सम्मान गरिएको, अपांगता परिचय पत्र वितरण गरिएको, किशोरीहरूलाई १५ दिने रेशमी माला-चुरा बनाउने तालिम दिईएको लगायतका विवरण प्रतिवेदनमा उल्लेख छन् ।


    शिक्षा तर्फ विद्यार्थीलाई छात्रवृत्ति वितरण, दिवा खाजाको रकम निकासा, स्थानीय पाठ्यक्रम निर्माणको कार्य अन्तिम चरणमा पुगेको, नगर शिक्षा गुरुयोजना अन्तिम चरणमा पुगेको आदि विषय उल्लेख छन् ।


     स्वास्थ्य तर्फ पुस मसान्तसम्म १८ बर्षमाथिका ३९ हजार ७ सय ५६ जना नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको, देवदह स्वास्थ्य चौकीलाई नगर अस्पतालमा विकास गर्ने आदि कुरा समेटिएको छ ।


    त्यसैगरी न्यायिक समिति मार्फत ७४ वटा मुद्दामा मेलमिलाप गरिएको प्रतिवेदनमा जनाईएको छ ।

    भौतिक पुर्वाधार निर्मा तर्फ रोहिणी बाँध र गौतम बुद्ध अन्तरास्ट्रिय उद्यान तथा संग्राहलयको डिपिआर तयार गर्ने कार्य अगाडि बढेको कुरा प्रतिवेदनमा उल्लेख छ ।

     
    साथै सोही प्रतिवेदनमा जनप्रतिनिधि निर्वाचित भएपछि हालसम्म नगरपालिका गरेका मुख्य-मुख्य कामहरू समेत समेटिएको छ । त्यसैगरी देवदह प्रज्ञा प्रतिष्ठान विधेयक २०७८ र देवदह नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक २०७८ गरि दुई विधेयक समेत नगरसभामा पेश गरिएको छ ।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।