देवदह । रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा आयोजित खेल सप्ताहअन्तर्गत बुधवार कविता, डोरीतान र टेवलटेनिस प्रतियोगिता सम्पन्न भएका छन् ।
कविता प्रतियोगितामा विएड चौथो बर्षकी आरती आले प्रथम, विविएस प्रथम वर्षका दिव्या सुनार तथा विविएस चौथो बर्षका शोभराज जैसी द्धितिय र विविएस दोस्रो बर्षकी आकृती लुइटेट तृतिय भएका छन् ।
यसैगरी छात्रा तर्फको डोरी तान्ने प्रतियोगितामा सलिना थापा मगरको समूह प्रथम, गौरी कुँवरको समूह द्धितिय र रञ्जना गुप्ताको समूहले तृतिय स्थान हासिल गरेका छन् ।
यस्तै बुधवार नै सम्पन्न छात्र तर्फको टेवलटेनिस प्रतियोगितामा विविएस प्रथम बर्षका कृपेश ढकाल प्रथम, विविएस प्रथम बर्षकै विशाल पाण्डे द्धितिय र विविएस तेस्रो बर्षका मीन थापा र राजेश तिवारीले तृतिय स्थान हासिल गरेको प्रतियोगिता संयोजक कृष्ण अर्यालले जानकारी दिए ।
यहि पौष १६ गते हुन गइरहेको क्याम्पसको १७औं क्याम्पस सभाको पूर्व सन्ध्यामा सप्ताहव्यापि खेलकुदका कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology