माधव ज्ञवाली, गुल्मी। जिल्लाको रुरुक्षेत्रका विभिन्न स्थानमा बाघले बेलाबेलामा आतंक मच्चाइरहेको छ।
गए राति पनि गाउँपालिकाको वडा न.२ ग्वादी भरेकको कात्तिके भन्ने स्थानमा गोठमा बाधेर राखिएको दुहुनो भैंसी र पाडो मारिदिएको छ।
स्थानीय टंकप्रसाद बरालको गोठमा बाधेर राखिएको भैंसी र त्यसैको पाडो मारिदिएको स्थानीय बिष्णु बरालले बताए,भैंसी ब्याउने थियो।
रातको करिब १ बजेतिर गोठमा २ वटा बाघ आएर भैंसी माथी आक्रमण गरेको आफैले देखेको घरधनी टंकप्रसाद बरालले बताए। आक्रमण गरेको देखेपछि सबै गाउँलेहरू जम्मा भएर बाघ त धपाएको तर भैंसी र पाडोलाई बचाउन नसकिएको उनले बताए ।
बाघले भैंसी र पाडो मारिदिएपछि करिब ८० हजार बरबारको क्षति भएको छ। घटनाको मुचुल्का उठाउन प्रहरीलाई खबर गरिएको उनले बताए।
रुरुक्षेत्रका विभिन्न स्थानमा बेलाबखतमा यस्ता खाले घटिरहेका छन् । तर गोठमा पसेर ग्वादिमा भैंसी मारेको यो पहिलो घटना भएको स्थानीयको भनाइ छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology