Logo

२०८३, आश्विन १०गते


images
images

बुटवल महोत्सव : महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको घुँइचो

बुटवल महोत्सव : महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको घुँइचो

images
  • बुटवल महोत्सव : महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको घुँइचो
    images
    images

    बुटवल । बुटवलमा सञ्चालन भइरहेको औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरूमा अवलोकनकर्ताको उल्लेखनीय भीड देखिएको आयोजकले जनाएको छ । पुस ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा करिब ४० प्रतिशत स्टल महिला उद्यमीका रहेका छन् । 

    images
    images
    images

    रुपन्देही उद्योग संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीका अनुसार प्रदर्शनीमा करिब १५० वटा स्टल महिला उद्यमीका छन् । महिला उद्यम तथा कृषि उपसमितिका संयोजक पार्वती गिरीका अनुसार प्रदर्शनीमा आउने अधिकांश अवलोकनकर्ताले महिला उद्यमीले उत्पादन गरेका सामग्रीमा विशेष चासो देखाइरहेका छन् भने ती उत्पादनको बिक्रीसमेत सन्तोषजनक रहेको छ ।

    images
    images
    images

    अन्य स्टलको तुलनामा महिला उद्यमका स्टलमा बढी भीड देखिएको उल्लेख गर्दै गिरीले महिला उद्यमीलाई विशेष प्रोत्साहनसहित प्रदर्शनीमा सहभागी गराइएको बताइन् । घरेलु उत्पादन, सामूहिक उत्पादन, हस्तकला, संस्कृति संरक्षणसँग सम्बन्धित सामग्रीहरू महिला उद्यमीले प्रदर्शनीमा प्रस्तुत गरेका छन् ।

    images
    images
    images

    प्रदर्शनीको उद्देश्य प्रविधिबारे जानकारी प्रदान गर्नु, उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्नु, स्वदेशी उत्पादनको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धा विकास गर्नु रहेको सहकोषाध्यक्ष राजु घिमिरेले बताए । उद्योगीहरूबीच समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया, सूचना तथा प्रविधिको विकास, पर्यटन प्रवर्द्धन, सान्दर्भिक गोष्ठी र कार्यशालाको आयोजना तथा अवलोकनकर्ता र उपभोक्ताको सुझाव संकलनसमेत प्रदर्शनीका प्रमुख उद्देश्य रहेका छन् ।

    रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीका अनुसार संघ सबै उद्योगीको साझा मञ्च भए पनि महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदर्शनीमा विशेष सहुलियत प्रदान गरिएको छ । प्रदर्शनीमा सहभागी उद्यमीका समस्या, श्रमिकका कथा र उत्पादन प्रक्रियाप्रति अवलोकनकर्ताले चासो देखाएको उनले बताए ।

    ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियन निर्माण गरिएको छ । ३९ जिल्लाबाट सहभागी स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शनीमा राखिएको कोषाध्यक्ष विशाल वेलबासेले जानकारी दिए ।

    प्रदर्शनीमा करिब ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको प्रबन्धक यादव भण्डारीले बताए । प्रदर्शनीलाई थप आकर्षक बनाउन लोकदोहोरी प्रतियोगिता, ख्यातिप्राप्त आधुनिक गायक–गायिका, हास्य कलाकार, ब्याण्डको सांगीतिक प्रस्तुति, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

    यसअघि अर्जुन सापकोटा, पूर्णकला बिसी, रमेश भट्टराई, हेमन्त शर्मा, रामचन्द्र काफ्ले, बन्दना पाण्डेलगायतका कलाकारले प्रस्तुति दिइसकेका छन् । प्रदर्शनीका गतिविधि प्रविधिमार्फत विभिन्न मिडिया र सामाजिक सञ्जालबाट सार्वजनिक भइरहेको प्रचार–प्रसार संयोजक इञ्जिनियर किरण खरेलले बताए । यसैबीच मंगलबार बिहान कृषि उत्पादन, मानव स्वास्थ्य तथा वातावरणमा किटनाशकको प्रभाव विषयक कार्यशाला गोष्ठी आयोजना हुने संयोजक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।