Logo

२०८३, आश्विन १०गते


images
images

बुटवल महोत्सवमा टिकटक प्रतियोगिता हुँदै, सहभागीताको आधार पाँच हजार फ्लोअर्स

बुटवल महोत्सवमा टिकटक प्रतियोगिता हुँदै, सहभागीताको आधार पाँच हजार फ्लोअर्स

images
  • बुटवल महोत्सवमा टिकटक प्रतियोगिता हुँदै, सहभागीताको आधार पाँच हजार फ्लोअर्स
    images
    images

    बुटवल । बुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो ।

    images
    images
    images

    मेलामा विविध पक्षहरुको प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिता गर्न लागिएको संघका सचिव तथा मेला प्रचारप्रसार तथा पूर्वाधार समन्वयकर्ता प्रतिक पोखरेलले बताए । प्रतियोगिता मंसिर २५ देखि पुसको १७ गतेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    images

    टिकटक प्रतियोगितामा भाग लिनको लागि भाग लिने व्यक्तिको टिकटकमा न्यूनतम ५ हजार फ्लोअर्स भएको हुनुपर्नेछ । प्रतियोगितामा भाग लिने व्यक्तिले यहि मंसिरको २४ गतेसम्ममा आफ्नो टिकटक आईडि खुलाएर नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा भाग लिएको व्यक्तिले मेलासंग सम्बन्धित विषयमा टिकटक बनाउनु पर्नेछ भने टिकटक भिडियो बनाउँदा मेलाको बारेमा जानकारीमुलक हुनुपर्नेछ ।

    images
    images
    images

    टिकटक बनाउँदा एकल, समुह वा परिवारमा नाच, लिपसिंङ, एक्टिङ वा अन्य प्रस्तुती गरेर पनि बनाउन सकिनेछ । पोष्ट गर्दा ‘बुटवल मेला २०८१’ वा ‘मेला २०८१’ लेखेर पोष्ट गर्नुपर्नेछ । तर कानुनले निषेध गरेका कुराहरुलाई टिकटकको कन्टेन्ट बनाउन पाईने छैन । प्रतियोगितामा पहिलो दर्ताको आधारमा ५० जनालाई सहभागि गराईने जनाइएको छ ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैंया, द्वितीय हुनेलाई १० हजार रुपैंया र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने संघकी कार्यसमिति सदस्य तथा श्रब्यदृश्य व्यवस्थापन एवं प्रतियोगिताकी संयोजक जमुना पौडेलले जानकारी दिए । प्रतियोगितामा टिकटकमा लाईक, कमेन्ट, शेयर तथा भ्यूजको आधारमा विजेता छनौट गरिने छ ।  

    बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा यहि पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा औद्योगिक व्यापार मेला गरिँदै छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।