Logo

२०८३, आश्विन १०गते


images
images

महोत्सव

बुटवल महोत्सव : ५०० स्टल, ३९ जिल्लाका उत्पादनको प्रदर्शनी

बुटवल महोत्सव : ५०० स्टल, ३९ जिल्लाका उत्पादनको प्रदर्शनी

images
  • बुटवल महोत्सव : ५०० स्टल, ३९ जिल्लाका  उत्पादनको प्रदर्शनी
    images
    images

    बुटवल । बुटवलमा जारी १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०८२ मा देशका ३९ जिल्लाबाट सहभागी उद्योग तथा व्यवसायका स्वदेशी उत्पादनले अवलोकनकर्ताको ध्यान तानेका छन् । पाँच सय स्टललाई विभिन्न विधाअन्तर्गत १० वटा पेभिलियनमा विभाजन गरी सञ्चालन गरिएको प्रदर्शनीमा अवलोकनकर्ताले विशेषगरी स्वदेशी उत्पादनप्रति चासोका साथ अवलोकन गरिरहेको आयोजक संस्था रुपन्देही उद्योग संघका सदस्य सचिव सुमन बस्यालले बताए ।

    images
    images
    images

    ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नारासहित बुटवल मण्डपस्थित निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा  संचालन भएको प्रदर्शनीको दोस्रो दिन शुक्रवार अवलोकनकर्ताको संख्या उल्लेख्य रूपमा बढेको गेट टिकट उपसमितिका संयोजक राजु घिमिरेले जानकारी दिए । उनका अनुसार शनिवार पहिलो सार्वजनिक बिदा परेकाले अवलोकनकर्ता अझै बढ्ने अनुमानसहित आवश्यक तयारी गरिएको छ ।

    images
    images
    images

    स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरणलाई मुख्य उद्देश्य बनाएर सञ्चालन भइरहेको प्रदर्शनीमा करिब आठ लाख दर्शकले अवलोकन गर्ने र करिब ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    प्रदर्शनीलाई थप आकर्षक बनाउन लोकदोहोरी प्रतियोगिता, चर्चित आधुनिक गायक-गायिकाको प्रस्तुति, हाँस्य कलाकार, ब्याण्डहरूको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता लगायतका सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले बताए ।

    प्रदर्शनीमार्फत प्रविधिबारे जानकारी प्रदान गर्ने, उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन र गुणस्तरीय प्रतिस्पर्धा विकास गर्ने, उद्योगीबीच समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना तथा प्रविधिको आदानप्रदान गर्ने, पर्यटन प्रवर्द्धनका गतिविधि, गोष्ठी, अन्तरक्रिया र कार्यशाला आयोजना गर्ने तथा अवलोकनकर्ता र उपभोक्ताबाट सुझाव संकलन गर्ने लक्ष्य रहेको सचिव तथा परिचयपत्र उपसमिति संयोजक अशोक कुँवरले जानकारी दिए ।

    प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग उपकरण, रेस्टुरेन्ट, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला तथा जुत्ता, खाद्यान्न, आइटी लगायत विभिन्न क्षेत्रका गरी पाँच सय स्टल रहेको प्रचारप्रसार संयोजक किरण खरेलले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।