Logo

२०८३, श्रावण २७गते


images
images

व्यापार सम्झौता

भारत र न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौता

भारत र न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौता

images
  • भारत र न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौता
    images
    images

    काठमाडौँ । भारत र न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ । 

    images
    images
    images

    स्वतन्त्र व्यापार सम्झौतापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले फोनमा कुरा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री लक्सनले भनेका छन्- 'न्यूजील्याण्ड-भारत स्वतन्त्र व्यापार सम्झौतापछि मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको छु । यस स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत, भारतमा हाम्रो ९५ प्रतिशत निर्यातमा भन्सार शुल्क घटाइने वा हटाइनेछ ।'

    images
    images
    images

    उनले आगामी दुई दशकमा न्यूजील्याण्डको भारतमा निर्यात वार्षिक १.१ अर्ब डलरले बढेर १.३ अर्ब डलर हुन सक्ने अनुमान गरिएको समेत बताएका छन् ।

    उनले भने- 'यो सम्झौताले दुई देशबीचको बलियो मित्रतालाई अझ बलियो बनाउछ । भारत विश्वको सबैभन्दा छिटो बढ्दो अर्थतन्त्रहरू मध्ये एक हो, र यसले न्यूजील्याण्डका उत्पादनहरूलाई १.४ अर्ब भारतीय उपभोक्ताहरूसम्म पुग्न अनुमति दिनेछ ।'

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत
  • # न्यूजील्याण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।