कृष्ण अन्जान, बुटवल । जीवन जिउने सपना कस्काे हुँदैन र ? यहि सपना बाेकेर जीवन र मृत्युकाे दाेसाँधमा छन् - बुटवलका भरत प्रसाद श्रेष्ठ ।
दुवै मृगौलाले काम गर्न छाडेकाे चार वर्ष भयाे । अनेकौँ ठाउँमा उपचार गरे। तर दुवै मृगौलाले काम गर्न छाडेपछि महँगो उपचारका लागि उनीसँग रकम काे जाेहाे छैन । भए जतिकाे रकम उपचारमा सकिएकाे छ र यतिबेला सहयाेग र सहाराकाे असिम अाशामा छ उनी र उनकाे परिवार ।
अव त दुबै मृगौलाले पुर्ण रुपमा काम गर्न छाडेकाे छ । दुई तीन दिन बिराएर डाईलाेसिस गराउनुपर्छ । डाक्टरले मृगौला प्रत्यारोपण गर्न भनेकाे छ । अाँखा भरि टिलपिल अाँशु लिएर उनी भक्कानिन्छन् ।
श्रीमानको अवस्था देख्दा उनकी जीवन सँगिनि रेखालाई पनि सहि सक्नु छैन । "उपचारमा सवै रकम सकियाे । राेग झन् बढ्दै गयाे । सबैकाे सहयाेगले वहाँलाई बचाउन पाए हुन्थ्यो" रेखा सम्हालिन सक्दिनन् ।
मान्छे बाँच्न चाहन्छ । सँसार देख्न परिवारकाे सुखकाे सपनामा रमाउन चाहन्छ तर दैव कतिवेला लाग्छ थाहा हुँदैन ।
यतिबेला भरत श्रेष्ठ बचाउ अभियानमा धेरै सँघ सँस्थाहरु लागि परेका छन ।
रिडी बजारकि चेली रेखा श्रेष्ठकाे परिवारमा उनका पति भरतलाई याे पीडा परेपछि रिडीका सन्चारकर्मी सुन्दर कसजु धेरै अघि देखि याे अभियानमा लागेका छन ।
"हामी मानव हौँ र मानवियता हामीमा हुनुपर्छ । कसैकाे सानाे सहयाेगले कसैकाे जीवन बचाउन सकिन्छ भने हामीले अभियान किन नचलाउने ? अझै रेखा त हाम्रै गाउँ कि चेलि हुन् । उनकाे परिवारमा परेकाे पिडा हामी सबैकाे हाे । त्यसैले सकेको सहयाेग गरौँ" - सुन्दरले भने ।
यता रुरु मिलन केन्द्रले पनि अभियान नै सन्चालन गरेर सहयाेगका लागि सबैमा अपिल गरेकाे छ ।
केन्द्रले जारी गरेकाे अपिलमा भनेकाे छ :
आदरणिय सहयोगी मन भएका देश तथा विदेशमा बस्नु हुने दाजु-भाई, दिदि-बैनी, आमा-बुवा तथा बिभिन्न संघ संस्थाहरु प्रति सहयोगका लागी हार्दिक अपिल गर्न चाहन्छौ।
हाम्रो संस्था रुरु मिलन केन्द्र, नेपालको कार्यसमिति सदस्य तथा हाम्रै रुरुकी चेली पाल्पा स्थायी घर भैइ हाल बुटवल ३ गोलपार्कमा डेरा गरि बस्दै आउनु भएकी रेखा श्रेष्ठ ज्यूका जिवन साथी (श्रीमान) भरत प्रसाद श्रेष्ठ बिगत ४ वर्ष देखि दुबै मृगौला खराब भएका कारण उपचार गराई औषधी सेवन गरी रहनु भएको थियो। हाल आएर दुबै मृगौलाले पुर्ण रुपमा काम गर्न छाडिसकेका कारण गौतम बुद्ध मुटु अस्पताल, रामनगरमा डाईलोसिस गराईरहनु भएको छ।डाक्टरहरुको सल्लाह बमोजिम मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको र यसको उपचार धेरै खर्चिलो हुने हुदा र उहाको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको छ।
हामी मानव भएर यस धर्तिमा जन्म लिई सके पछि प्रथम दायित्व भनेको बाच्नु र बचाउनु हुदो रहेछ सोही अनुरुप आर्थिक अभावका कारण कसैले आफ्नो ज्यान गुमाउन नपरोस भनि रुरु मिलन केन्द्र परिवार हजुरहरु सम्पुर्ण समक्ष सहयोगका लागी विनम्र अनुरोध गर्दछ।
जसरी थोपा थोपा मिलेर सागर बन्छ त्यसै गरी तपाई हाम्रो सबैको सानो सानो सहयोग एकिकृत गरी कसैको ज्यान बचाउन सकिन्छ त्यसैले यो पुण्य कार्यमा जोडिनु हुन सहयोगी मनहरु सबैमा आग्रह गर्दछौ।
यदि तपाईहरु प्रत्यक्ष सहयोग गर्न चाहनु हुन्छ भने निम्न खाता सहयोग रकम जम्मा गर्न सक्नु हुन्छ।
खाता वालाको नाम:- भरत प्रसाद श्रेष्ठ बचाउ अभियान (bharat prasad shreshtha bachau abhiyan)
खाता नम्बर:- 0170126466600001
कुमारी बैंक लि. अमरपथ शाखा, बुटवल
अन्य जानकारीका लागी सम्पर्क
9867466111
9847196983
9847199070
हाे, याे एउटा मानविय अभियान हाे । यस्तै अभियानमा सबैकाे सहयाेगका लागि हामी पनि माथि उल्लेखित नम्बर र बैँक खातामा रकम जम्मा गरिदई भरत बचाउ अभियानमा सहयाेगका लागि अाग्रह गर्दछौँ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology