कृष्ण अन्जान, गुल्मी । जीवनका बैसठ्ठी बसन्त पार गरेका रुरु क्षेत्र १ च्यूरेकका दिल बहादुर रेगामी दुबै खुट्टाले हिँड्न सक्नु हुन्न । न रेगामीकाे एउटा वस्ने बाँस छ, न जिविकाेपार्जनकाे बाटाे । लामाे समय भयाे अर्कैकाे घरमा अाश्रय लिएकाे ।
शारिरिक अपाँगता भएकेै कारणले विवाह पनि हुन सकेन । न बुढेशकालमा पाल्ने छाेराछाेरी छन । न त एकछाक मिठाे मसिनाे पकाएर खानदिने जीवन सँगिनी नै ।
उमेर छँदा घस्रेरै भएपनि गाउँघरमा काठकाे काम गर्न हिँड्थे । डाेका नाम्ला दाम्ला बुन्थेँ । उमेर पनि ढल्क्याे, कामगर्न सक्न छाडियाे । अाँखा भरि अाँसु लिँदै रेगामीले भन्नु भयाे ।
त्यहि टाेलका ६०बर्षे माेतिलाल ज्ञवाली पनि राम्राेसँग अाँखाले देख्नु हुन्न ।अाफ्ना भाइहरुकाे सहारामा बाँचेका माेतिलालकाे पनि न जीवन सँगिनी छन, न छाेरा छाेरी । माेतिलालकाे पनि अाफ्नाे बास छैन र अाफ्नाे नाममा जमिन छैन ।
माेतिलालकाे परिवारमा वहाँका माइला भाइ भिमलाल ज्ञवाली र साँइला भाइ मुमेश्वर ज्ञवालीले पनि राम्ररि देख्नु हुन्न ।
एउटै घरमा तीन तीन जना दृष्टि विहीन छौँ । कसरी जीवन चलाएका छौँ । त्यसको पीडा हामीलाई मात्र थाहा छ, भिमलाल ज्ञवालीले भन्नुभयाे ।
रुरु १ च्यूरेक अम्लपाटाका गुरुदत्त ज्ञवालीकाे घरमा पनि ठुलै पिडा छ । ८० बर्षिया जिवनसँगिनी सावित्रा ज्ञवाली दृष्ठिविहीन हुनुहुन्छ । अाफु पनि असिकाे नेटाे काटि सक्नु भयाे । केही गर्न सक्नुहुन्न । जेठि छाेरी राधा पनि दृष्टिबिहीन हुनुहुन्छ । तिनै राधा छाेरीले छामछाम छुमछुम पारेर खाना पकाउने । भैसिलाइ घाँस काट्ने । अामाबाबा काे स्याहार सुसार गर्नुहुन्छ । नजिक पिउने पानी, वस्तुभाउलाइ खुवाउने पानी छैन । पँधेरामा गाग्री बाेकेर पानी लिन जाने पनि उनेै राधा हुनुहुन्छ । अाँखाले ठ्याम्मै नदेखेपनि दृष्टिबिहिन राधा दिदीकाे काम देख्दा कस्का अाँसु नझर्लान र ?
'नजिकै एउटा पानी सँकलन गर्ने घैँटाे कसैले बनाइ दिए अलि सजिलाे हुने थियाे' दृष्टिविहिन राधा ज्ञवालीले भन्नुभयाे । तर अनावस्यक ठाउँमा बजेटकाे खाेलाे बगाउने राज्यका अाँखा दृष्टिविहिन राधाकाे परिवारमा कहाँ पुग्छ र ?
राज्यका अाँखा दिल बहादुर माेतिलाल सावित्रीहरुकहाँ पुग्नु पर्ने हाे तर राज्य मौन छ उनिहरुले अपाँगताकाे पीडा भने भाेगि रहेका छन ।
जतिसुकै अादर्शका कुरा गरेपनि अपाँगमैत्री सँरचना बनेका छैनन । सँचार क्षेत्रमा अपाँगता भएकाहरुकाे पहुँच छैन । स्वस्थ्य क्षेत्र अपाँगता मैत्रि देखिँदैन । राेजगारीकाे समस्या, शिक्षाकाे समस्या सबैतिर सामाजिक रुपमा अवहेलना सहेका अपाँगता भएकाहरुका लागि समानुपातिक अधिकारकाे सुनिश्चितता गरिनु पर्ने देखिएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology