कृष्ण अन्जान, गुल्मी । देशैभरिका महिला स्वास्थ स्वयंसेविकाका लागि यतिबेला गुल्मीकि लिला थापाले स्वाभिमानले शिर उच्च गर्ने बाताबरण बनाई दिएकि छिन्।
त्यसाे त ग्रामीण क्षेत्रमा खटिने महिला स्वास्थ्य स्वयँसेविकाहरुकाे सामुदायिक स्तरमा स्वास्थ्य सचेतनासँगै सरकारकाे राष्ट्रिय स्वास्थ्य नितिकाे पहुँचबाट बन्चित रहेका अाम नागरिकसम्म न्युनतम अाधारभुत स्वास्थ सेवा पुर्याउन ठुलै हात छ ।
नि:स्वार्थ रुपमा समुदायकाे जनस्वास्थका लागि खटिने महिला स्वयंसेविकाका लागि गएकाे शुक्रवार गुल्मी दरबार गाउँपालिका वडा नं. ३ कि महिला स्वास्थ्य स्वयँसेविका लिला थापाले देखाएकाे सदासयता अनुकरणिय बन्न पुग्याे ।
गुल्मी दरबार गाउँपालिका वडा नं. ३ काे धारापानीकि ८० वर्षे हजुरअामालाई बिकट बाटाेमा बाेकेर ल्याउनु र खाेप लगाएर बाेकेरै घर पुर्याउनु एउटा चानचुने कुरा होइन । एक सम्मानित जेष्ठ नागरिकलाई एक्लै बोकेरै खोप लगाउन लैजाने र घरसम्म पुर्याउने जुन काम लिला थापाले मानवियताकाे त्यो सामान्य जिम्मेवारी भन्दा निकैमाथिको कार्य हो । मानवीयताको यो भन्दा उच्च रुप सायदै कल्पना गर्न सकिन्छ ।
त्यसैपनि ग्रामीण क्षेत्रमा खटिने महिला स्वास्थ्य स्वयँसेविकाहरु स्वभावैले सहयाेगि हुन्छन नै र त्यसैमाथि असि वर्षे अामालाई बाेकेरै खाेपका लागि स्वास्थ सँस्थामा पुर्याएपछि उनी यतिबेला सामजिक सन्जालमा भाईरल भएकि छन ।
अाफुले सामाजिक सन्जालमा भाईरल हुनका लागि याे काम नगरेकाे, एउटि बृद्द अामा घरबाट हिँड्न नसक्ने, परिवारका सदस्यहरु घरमा नभएकाे र काेभिडकाे याे अवस्थामा बृद्द अामा देवकला टण्डनप्रति आफुले उत्तरदायित्व मात्र निभाएकि हुँ सेताेमसीसँग कुरा गर्दै लिला थापाले भनिन् ।
असी वर्षे अामा देवलका टण्डनलाई काेभिड खाेपका लागि घरबाट करिब बीस मिनेट बाेकेर महिला स्वयँसेविका थापाले अाफ्नाे घर राजा ल्याईन । अनि उनका श्रीमानले स्कुटरमा खाेप केन्द्र पुर्याएर खाेप लगाएर ल्याए र फेरी बीस मिनटकाे बाटाे बाेकेरै लिला थापाले उनकै घर पुर्याईन ।
लिला थापा २०७१ साल देखि गुल्मी दरबार गाउँपालिका वडा न ३ कि महिला स्वास्थ स्वयंसेविकाकाे रुपमा कार्यरत छन । ग्रामीण क्षेत्रमा स्वास्थ सेवाकाे पहुँच बृद्धि गर्नुका साथै समुदायम स्वास्थ सम्बन्धि परम्परागत धारणामा परिवर्तन ल्याउँदै सकारात्मक परिवर्तन ल्याउने उद्देश्य हाे ।
उनी मात्र महिला स्वास्थ्य स्वयँसेविका मात्र हाेईनन् सकृय सामाजिक कार्यकर्ता सँगै कृयाशिल राजनौेतिककर्मी समेत हुन्।
मुख्यतया महिला स्वास्थ स्वयँसेविका जनताका लागि अाधारभुत स्वास्थ अावस्यकताकाे परिपुरण सँगै जन्मदर नवशिशु र बाल मृत्युुदर र मातृ मृत्युुदर कम गर्ने कुरामा सफल देखिन्छन् ।
२०६० सालमा परिवर्तित महिला स्वास्थ स्वयंसेविका कार्यक्रम कार्यन्वयन रणनीति अनुसार प्रत्येक वडामा एक जना र जनसंख्याकाे अाधारमा तराईमा एक हजार जनामा एक, मध्य पहाडि भागमा ३सय ५० जनामा एक र उच्च पहाडी भागमा २ सय जनामा एक जना महिला स्वास्थ स्वयँसेविकाकाे व्यवस्था सरकारले गरेकाे छ ।
यसैगरि महानगर पालिका र उपमहानगरपालिकाे हकमा पन्ध्र सय जनामा १ जना र नगरपालिकामा एकहजार जना बराबरमा एक जनाका दरले महिला स्वास्थ स्वयँसेविका कृयाशिल रहेकाे छन ।
काेभिड सँक्रमणकाे पछिल्लो अवस्थामा महिला स्वास्थ स्वयँसेविका सबैभन्दा अग्रपँक्तिमा खटेर काम गरेकाे पाईयकाे छ । गाउँमा बाहिरबाट अाउनेहरुकाे तथ्यांक सँकलन, काेभिड सचेतना, खाेपका लागि समुदायमा सुचना सँगै स्वास्थ सामाग्री मास्क सेनिटाईजर लगायतकाे प्रयाेगबारे महिला स्वयँसेविकाले सबैभन्दा अगाडि रहेर काम गरेका मात्र छैनन् । काेभिड नियन्त्रणमा सहयाेगी सावित भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology