Logo

२०८३, श्रावण २७गते


images
images

भारतमा जनगणना

भारतमा २०२७ मा हुने जनगणनाको तयारी : प्रतिव्यक्ति खर्च ९७ रुपैयाँ हुने

भारतमा २०२७ मा हुने जनगणनाको तयारी : प्रतिव्यक्ति खर्च ९७ रुपैयाँ हुने

images
  • भारतमा २०२७ मा हुने जनगणनाको तयारी : प्रतिव्यक्ति खर्च ९७ रुपैयाँ हुने
    images
    images

    काठमाडौँ । भारतमा २०२७ मा हुने जनगणनाको तयारी शुरु भएको छ । भारतले २०२७ मा आफ्नो पहिलो डिजिटल जनगणना गर्ने निर्णय गरेको छ । 

    images
    images
    images

    जनगणनामा ३० लाख कर्मचारीहरूले डिजिटल जनगणना पूरा गर्नेछन् । यो कास सफ्टवेयर प्रयोग गरेर सञ्चालन गरिने र यसलाई डेटा सुरक्षालाई ध्यानमा राखेर डिजाइन गरिएको बताइएको छ । जनगणना दुई चरणमा गरिनेछ । पहिलो चरण अप्रिल-सेप्टेम्बर २०२६ मा घरपरिवारको सूचीकरण र गणना समावेश हुनेछ भने दोस्रो चरण फेब्रुअरी २०२७ मा जनसंख्या गणना समावेश हुनेछ ।

    images
    images
    images

    केन्द्र सरकारले जनगणनाका लागि ११ हजार ७१८.२४ करोड भारु स्वीकृत गरेको जानकारी केन्द्रीय मन्त्री अश्विनी वैष्णवले दिएका छन् । यसको अर्थ सरकारले प्रति जनगणना प्रति व्यक्ति लगभग ९७ रुपैयाँ खर्च गर्ने देखिएको छ ।

    images
    images
    images

    २०११ को जनगणनामा भारतको जनसंख्या लगभग १.२१ अर्ब थियो । यदि यसलाई आधारको रूपमा प्रयोग गरियो भने, एक व्यक्तिको गणनाको लागत लगभग ९७ खर्च हुनेछ । यदि अनुमानित जनसंख्या १.५ अर्ब मान्ने हो भने प्रति व्यक्ति लागत ७८ रुपैयाँ हुने देखिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।