अनिष पन्थी ,गुल्मी ।१० वर्षयता गुल्मीमा बसोबास गर्ने जनसंख्या घटेको जनगणनाको तथ्यांकमा उल्लेख गरिएको छ। धेरै जनसंख्या रेसुङ्गामा नगरपालिका र सबैभन्दा कम जनसंख्या कालीगण्डकी गाउँपालिकामा रहेको छ ।
'मेरो गणना ,मेरो सहभागीता' भन्ने नाराका साथ सुरु भएको राष्ट्रिय गणना २०७८ मा गुल्मीको प्राम्भिक नतिजा अनुसार गुल्मीको कुल जनसंख्या २ लाख ४६ हजार ८ सय ३६ पुगेको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार गुल्मीको कुल जनसंख्या २ लाख ८० हजार १ सय ६० रहेको थियो ।२०६८ को तुलनामा अहिलेको जनसंख्या ३३ हजार ३ सय २४ ले घटेको छ।
दुई नगरपालिका र दस गाउँपालिका भएको गुल्मीमा ६१ हजार २ सय २२ घरधुरीमा र ६६ हजार ७ सय २५ परिवारको गणना भएको थियो। गुल्मीको बार्षिक जनसंख्या वृद्धिदर -१.२२ रहेको समेत तथ्यांकमा उल्लेख गरिएको छ । अहिलेको प्राम्भिक नतिजा अनुसार गुल्मीमा पुरुषको संख्या १ लाख १२ हजार ७ सय ८८ र महिलाको संख्या १ लाख ३४ हजार ४८ पुगेको छ भने २१५ जन घनत्व रहेको तथ्यांकमा उल्लेख छ।
रेसुङ्गा नगरपालिकामा ३१ हजार ६ सय ७७ ,मुसिकोट नगरपालिकामा २८ हजार ७ सय ६१ जनसंख्या रहेको छ ।
यस्तै चन्द्रकोट गाउँपालिकामा कुल जनसंख्या १८ हजार ७ सय ५१ ,छत्रकोट गाउँपालिकामा १९ हजार २ सय ३९ ,धुर्कोट गाउँपालिकामा १८ हजार ६ सय ९९ ,गुल्मीदरबार गाउँपालिकामा १९ हजार ४ सय १३ जनसंख्या रहेको छ ।
यस्तै इस्मा गाउँपालिकामा १८ हजार ५ सय ३० ,कालीगण्डकी गाउँपालिकामा १५ हजार १ सय ६ ,मदाने गाउँपालिकामा १९ हजार ८ सय २० , मालीका गाउँपालिकामा २० हजार १ सय ७३ , रुरुक्षेत्र गाउँपालिकामा १६ हजार ६ सय ३८ ,सत्यवति गाउँपालिकामा १९ हजार ७ सय ५१ जनसंख्या रहेको छ।
राष्ट्रिय जनगणना २०७८को प्राम्भिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology