कृष्ण अन्जान, रुरु । रुरुक्षेत्र गाउँपालिका वडा न १ काे भट्कुवालाई पक्कि सडकसँग जाेड्ने लिँक राेडकाे रुपमा रिडी बर्दवास मकवादी रह भट्कुवा सडककाे ट्र्याक खाेल्ने कार्यकाे सुरुवात गरिएकाे छ ।
मँगलबार एक कार्यक्रमका विच सडक निर्माण उपभोक्ता समितिकाे राेहवरमा सडककाे ट्रयाक खाेल्ने कामकाे शुभारम्भ गरिएकाे हाे ।
२०७३ सालमा माधव प्रसाद ज्ञवाली अर्जुनकाे पहलमा चन्द्र भण्डारी मार्फत साँसद विकास काेषकाे ६ लाख रकमले याे सडक १ किलोमिटर खन्ने काम भएपनि पाँच वर्ष सम्म कुनै बजेट नपर्दा अलपत्र थियाे ।
याे पटक लुम्बिनी प्रदेशबाट १५ लाख बजेट बिनियाेजन भएसँगै सडककाे ४ मिटर चौडा ट्र्याक खाेल्ने काम शुरु भएकाे हाे ।
करिब पाँच किलोमिटर लामाे याे सडक बनेपछि स्थानिय बर्दिबास मकवादि रह सातमुरे हुँदै भट्कुवा पुग्न सहज बन्ने देखिएकाे छ भने मकवादिकाे दलित बस्तिलाई अावागमनमा सजिलाे र रिडी नजिकैकाे वर्दिवास क्षेत्रमा रिडी बजार बिस्तार हुने सँभावना समेत रहेकाे छ ।
याे सडक बनेसँगै तानसेन रिडी तम्घास पक्कि सडकबाट भट्कुवा पुग्न सबैभन्दा सजिलाे बाटाे बन्ने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology