Logo

२०८३, आश्विन ९गते


images
images

त्रिविका सबै क्याम्पसमा ११ गतेदेखि अनलाइन कक्षा, अनलाइनबाटै परीक्षा गर्न कार्यविधि बन्ने

त्रिविका सबै क्याम्पसमा ११ गतेदेखि अनलाइन कक्षा, अनलाइनबाटै परीक्षा गर्न कार्यविधि बन्ने

images
  • त्रिविका सबै क्याम्पसमा ११ गतेदेखि अनलाइन कक्षा, अनलाइनबाटै परीक्षा गर्न कार्यविधि बन्ने
    images
    images

    काठमाडौ । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

    images
    images
    images

    त्रिवि कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो । 

    images
    images
    images

    यसका लागि भोलि साेमवार १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ ।अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्नेछ । 

    images
    images
    images

    यस्तै सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुपर्ने त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको छ ।यस्तै भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिप लगायतका क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिने बताएको छ।

    अनलाइन कक्षा व्यवस्थित भए/नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति पनि बन्ने त्रिविले जनाएको छ ।

    यस्तै अनलाइन पठनपाठन र परीक्षासम्बन्धी शिक्षकहरूलाई तालिम दिने र त्यसको विवरण सबै क्याम्पस, विभाग, अध्ययन संस्थानहरूले डिन कार्यालय पेस गर्नुपर्नेछ । अनलाइनमा तोकेको कक्षा लिने शिक्षकको हाजिरी अनलाइनबाटै हुने भएको छ । 

    चिकित्साशास्त्र अध्ययन संस्थानका अन्तर्गतका परीक्षा स्वास्थ्यको मापदण्ड पालना गरेर अध्ययन संस्थानबाटै निर्णय गरेर सञ्चालन गर्ने, विद्यार्थीको आन्तरिक मूल्याङ्कन अनलाइनको माध्यमबाट गराउने तथा सबै संकाय र संस्थानले अनलाइनबाट परीक्षा लिने ढाँचा र कार्यविधि तयार गर्ने र कार्यविधिमा आन्तरिक मूल्याङ्कन र अन्तिम परीक्षाको सम्बन्धमा आवश्यक व्यवस्था गर्न पनि त्रिविले निर्देशन दिएको छ । 

    त्रिविले सबै क्याम्पसलाई प्रशासनिक सेवा बन्द नगर्न र सकभर घरबाटै काम गर्ने वातावरण मिलाउन पनि निर्देशन दिएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिवि
  • # अनलाइन कक्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।