समयले कोल्टे फेर्न समय लाग्दो रहेनछ । फिडेल क्यास्ट्रोले भनेका थिए ‘क्रान्ति गुलाफको विछ्यौना होइन, क्रान्ति त विगत र भविष्यको संघर्ष हो ।’ यो माओवादी क्रान्ति विगतको इतिहास रह्यो हाम्रा नाति बावुहरुलाई सुनाउने दन्त्यकथा रह्यो, अब भविष्यको संघर्ष रहेन । १० वर्षे लामो सशस्त्र जनयुद्धमा हजारौं शहीद भए, हजारौं अहिले पनि अपाङ्ग छन् । २ हजार जति बेपत्ता छन् । लाखौं कार्यकर्ता विस्थापित छन् । यसले एउटा इतिहास रचेको थियो । प्रतिक्रियावादी र सामन्तवादीहरुमा मुटुमा ढेङ्ग्रो ठोकेको थियो । तास खेल्ने, रक्सी खाने, ब्याजे लगाउने व्यभिचार गर्नेलाई कार्वाही गरी समाज रुपान्तरणको थालनी गरेको थियो र सामन्तावादको नाइके राजतन्त्रलाई फाल्न सफल भएको थियो ।
यो इतिहास रच्नको लागि धेरैका घर परिवार तहस नहस भए आफन्त गुमाए तर प्रचण्डले क्षण भरमा आफू सत्तामा रहिरहनको लागि एकताको नाममा माओवादी पार्टीलाई नै अवशन गराइदिए । यो उनको स्वभाव हो । खरीबोटमा मोहन वैद्य किरणसंग अन्तरसंघर्षमा झण्डै अल्पमतमा परेपछि नारायणकाजीसंग एकता गरेर प्रचण्डपथ छाडे । अहिले जर्नादन शर्मासंगको अन्तसंघर्षबाट अधिवेशन तय गरेपनि आफू सत्तामा बसिरहन माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावललाई पार्टी बुझाउँदै माओवादी आन्दोलनको अवसान गराए । अब हामी माओवादी भन्ने इतिहासको पानामा सिमित भयो । स्वतन्त्रता भएपछि धेरै साथीहरु तितरवितर हुन थाले । भारतको ज्योति बसु सम्म पनि टिक्न सकेनन् । माक्सवाद लेनिनवाद भनेर समाजवादको गफ छाटे जस्तो मात्र मात्रै हुने हो ।
१० वर्षे लामो सशस्त्र जनयुद्ध र त्यसको बलमा संगठित जनवादी क्रान्ति अर्थात् नेपालको कम्युनिष्ट आन्दोलन शान्ति प्रक्रियाबाट वैधानिक रुपमा राज्यसत्तामा जोडिन पुग्यो । शान्ति प्रक्रियाको यो १८ वर्ष माओवादी पार्टी सत्ता मोह, विभाजन र वैचारीक अस्पष्टताका कारण समाजवादको आधार समेत तयार हुन सकेन ।
कम्युनिष्टलाई मार्क्सवादी दर्शन, राजनीतिक, अर्थशास्त्र, समाजवादका इतिहास विज्ञान र प्रविधि ज्ञानले सुसज्जीत हुनुपर्नेमा नेताहरु दिनदिनै सत्ता कसरी प्राप्त गर्ने र आफ्ना वरपरकालाई कसरी फाइदा पुराउने दिशामा लागेर अल्मलिए । माक्सवाद वर्गसंघर्ष र सामाजिक रुपान्तरणको दर्शन हो । माओवादी शान्ती प्रक्रियामा आएदेखि नत वर्गसंघर्षमा ध्यान दियो न त सामाजिक रुपान्तरणका लागि केही काम गर्न सक्यो । यो त विकृति र भ्रष्टचारलाई प्रोत्साहन दिदै पार्टी विभाजन तिर लाग्यो । अहिले केही व्यक्तिका टाउका देखाएर १०-१२ वटा पार्टीको एकताको घोषणा गर्दै माओवादी त अवसान भयो नै कम्युनिष्ट आन्दोलन पनि विघटन तिर ओरालो लाग्दैछ ।
चीन विशाल ग्रामीण भू-भाग भएकोले अर्धसामन्ती, अर्ध औपनिवेशक मुलुक भएको घोषणा सहित माओले क्रानितको मौलिक कार्यदिशा प्रस्तुत गरे । जनयुद्धको बलमा चिनियाँ प्रतिक्रियावादी सत्तामाथि विजय हासिल गर्ने र राष्ट्रिय उत्पादनको वृद्धि मार्फत समाजवादको जग बसाल्ने माओको मौलिक कार्य दिशा थियो । नेपाल पनि ग्रामीण क्षेत्र भएकोले माओको सिद्धान्तलाई अनुशरण गरी दिर्घकालिन जनयुद्धको कार्य दिशामा होमियौँ । वर्गसंर्घषको भीषण आँधिवेहरीबाट जनमुक्ती सेनाको गठन स्थानीय जनसरकार र स्थानीय समाजको पनि रुपान्तरण गर्दै विदेशी एजेन्सीले भने पनि ८०% भूभाग माओवादीको प्रभाविता क्षेत्र थियो । त्यतिबेला पनि राजासंग मिल्ने कि संसदवादी दलसंग मिलेर राजतन्त्र अन्त गर्ने भन्ने ठूलो वैचारिक बहस थियो । व्यवहारत: राजतन्त्रको अन्त गर्ने तिर पार्टी लाग्यो र राजतन्त्रको अन्त्य गरि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो । त्यहाँसम्म पार्टी ठिक थियो ।
तर एकपटक सत्तामा पुगेपछि कार्यकर्ता जनमुक्ती सेना घाइते अपाङ्ग बेपत्ता परिवारलाई भुलेर पार्टी सत्ताको वरीपरी घुम्ने र केही विमति राख्ने कमरेडहरुले पार्टी बनाउँदै निस्के पछि ३२ लाख जनताको भोट भएको पार्टी ८-१० लाखमा झर्यो । यसको समिक्षा गर्ने पार्टी भित्र लोकतन्त्रको वहाली गर्ने, नयाँ विचारको बहस गर्ने प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने, समाजवादको पहल गर्ने, घाइते अपाङ्ग शहिद परिवार बेपत्ता परिवारको संरक्षण गर्ने, उत्पादनको जोड्ने र वेरोजगारलाई स्वरोजगार बनाउने दिशालाई छोडेर कसरी सत्तामा बनिरहने भन्ने विचारले र कार्यशैलीले गर्दा माओवादी पार्टी नै नेपालको क्षितिजबाट अवशन हुन पुग्यो । माओवादीले भौतिक जगतमा मानिसको चेतनालाई प्रभावित गर्ने मानिसको चेतनाले भौतिक जगतलाई बुझ्ने र बदल्ने भएकोले दर्शन विचार सिद्धान्तलाई निरन्तर पुनः परिभाषित, पुनः संश्लेषण गरेर समृद्धि तर्फ जानु पर्ने थियो । एक्काइसौं शताब्दीमा समस्या वा अन्तरविरोधलाई अठारौं वा उन्नाइसौं शताब्दीको विचार र विधिले हल गर्न खोज्नु एवम् त्यसको समाधान नदिएर अझै प्राचीन अप्रमाणित विचार तर्फ फर्कन र फर्काउन खोज्नुले नै माओवादीले कमजोरी रह्यो ।
माओवादी विचारको क्षेत्रमा कहाँ चुक्यो भने उसले विचार गर्नुपर्ने थियो । आजको युग एकसाथ उत्तर पुँजीवाद र उत्तर राज्य समाजवादको युग हो । राजनीतिक प्रणालीमा अर्थतन्त्रको ढाँचा दुवै हिसाबले नयाँ मोडलको खोजी गर्ने बहस चलाउने र विकास गर्नुपर्ने थियो तर सत्तामा मात्र अल्मलियो । अर्को हामी समावेशी सहभागिता मूलक लोकतन्त्रको कुरा गरे पनि पार्टीभित्र समावेशी र लोकतन्त्र वाहली गर्न सकेनौं त्यसकारण समाजवादको खोक्रा नारा लगाउनु व्यर्थ थियो ।
माओवादीले परिवर्तन बाहेक सबै परिवर्तन छन् भन्ने बौद्ध दर्शनलाई पनि आत्मसाथ गर्न सकेन । अझ मार्क्सको पालामा पहिलो औद्योगिक क्रान्त्किालको भौतिक विज्ञान र मानवशास्त्रमा आधारित द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद भन्दा अघि बढेर अहिलेको चौथो र पाँचौ औद्योगिक क्रान्ति काललाई सापेक्षतामा क्वान्टम, सिद्धान्त, जेनेटिक्स र कृत्रिम वौद्धिकता लगायतका ज्ञान विज्ञानले परिष्कृत मार्क्सवादी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा आधारित विकसित वैज्ञानिक आधारित समाज विकासको नविनतम सिद्धान्त अनुरुपको समाजवाद बनाउने तिर आफूलाई ढाल्न सकेन । मार्क्सवाद र लेनिनवादको रटान लगाएर विचारको विकास हुँदैन । मार्क्सवाद परिवर्तनशिल विज्ञान हो भन्ने जान्दाजान्दै पनि रुढीवादी रुपमा समातेर बस्ने कार्य मात्र माओवादी पार्टीले गरेको छ ।
माओवादी पार्टीले खराब शिक्षाको प्रयोग गरेर स्टालीनवादी कार्यशैलीलाई स्थापित गर्दै भिन्न मत राख्नेलाई नेतृत्व देखि कार्यकर्तासम्म विरोध गर्ने शैलीको विकास गर्यो । संगठनात्मक सिद्धातमा प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्न सकेन । सामुहिक निर्णय, सामुहिक र समानुपातिक नेतृत्व प्रणाली र जवाफदेहिता स्थापित गर्न सकेन । आन्तरिक लोकतन्त्र नहुँदा व्यक्ति हावी हुने, व्यक्ति पुजा गर्ने, स्वेच्छिक अनुशासन पालन गर्ने, वैज्ञानिक संस्कारलाई तिलाञ्जली दिने, पर्यावरणमैत्री पार्टी नबनाउने, पार्टीले जागिरदारी ठान्ने र स्वयम् सेवक हो भनेर भुल्ने प्रवृतिको विकास भयो । पार्टीलाई विचार नेता-कार्यकर्ता र समर्थकहरुले मूर्त बनाउने हो । पार्टी भनेको विचार नेता कार्यकर्ता र समर्थकको सामूहिक अभिव्यक्ति हो । पार्टी कस्तो बनाउने भन्ने बारे उसले अँगालेको विचार त्यसका नेता–कार्यकर्ता समर्थक कस्ता छन् भन्नेमा भर पर्छ, त्यसकारण आफूलाई निरन्तर अध्यावधिक बनाइ राख्नु पर्दछ र आफूलाई साधेशिन बनाउन विश्वदृष्टिकोण संग जोड्न आवश्यक छ । त्यो गुण विगतमा माओवादी पार्टीमा देखिएन ।
अहिले समय र जेएनजीको आन्दोलनल के देखायो भने पार्टीमा युवाहरुलाई सत्ता हस्नान्तरण गर्ने र युवाहरुको नेतृत्वमा आम जनताको पहलकदमी र सहभागितामा सामाजिक सांस्कृतिक रुपान्तरण गर्दै पुर्नजागरण आन्दोलन चलाउने बेलामा ७० काटेका बुढाहरुलाई जम्मा गरेर पार्टी एकीकरणको घोषणा गर्नु के रुपान्तरण भयो र ? जेएनजीको मात्र पुरा भयो भन्ने कुरा सबैले बुझेका छन् । पूर्व माओवादी पार्टीको समस्या भनेको भिजन र नीतिमा स्पष्टता नभए पछि बोली र व्यवहारमा पनि एकरुपता नदेखिनु हो । न्यायको पक्षघर राजनीतिक इमानदारिता, नैतिकता नदेखिनु हो ।
न्यायको पक्षघर राजनीतिक इमानदारिता, नैतिकता र कार्यकर्ता बिच एकरुपता नदेखिनु र केहीलाई लिएर हिड्नुभन्दा सबभन्दा ठूलो कमजोरी हो । मैले भनेको सबैले मान्छन् सर्वपरी म आफै हो म विना पृथ्वी घुम्दैन भन्ने सोचको विकास हुँदा केही मात्र कार्यकर्ता पनि भिन्न विचारलाई गालीगलौज गर्ने पुरानो रोग हो । त्यसैले माओवादी (एकता केन्द्र) पार्टी नेपालको क्षितिजबाट अवसन भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology