काठमाडौ । सत्तारुढ सरकारका गठवन्धन दलकाे मंगलवार बैठक स्थानीय तहकाे निर्वाचन समयमै गर्ने सहमति काे करिब नजिक पुगेकाे छ ।
प्रधानमन्त्री मन्त्री शेर बहादुर देउवा माअाेवादि केन्द्रका अध्यक्ष प्रचण्ड उच्चस्तरीय सँयन्त्रका सँयाेजक समेत रहेका काँग्रेस नेता राम चन्द्र पौडेल पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई जनमाेर्चाकि दुर्गा पौडेल लगाएत सहभागी भएकाे बैठकले अागामी राष्ट्रिय सभाकाे निर्वाचन र स्थानीय तहकाे निर्वाचन बारे छलफल गरेकाे सरकारका प्रवक्ता समेत रहनु भएका सुचना तथा सँचारमन्त्री ज्ञानेन्द्र कार्कीले पत्रकार हरुलाई जानकारी गराएका छन।
बैठकमा राष्ट्रिय सभाकाे निर्वाचनमा गठबन्धनकाे जित कसरी सुनिश्चित गर्ने र स्थानीय तहकाे निर्वाचन सँगै काेभिड नियन्त्रणका बारेमा छलफल भयाे प्रवक्ता कार्कीले जानकारी दिए।
स्थानीय तहकाे निर्वाचन ताेकिएकै र संविधान मा उल्लेख भए अनुसार हुन्छ र यसका लागि निर्वाचन अायाेग सँग परामर्श भईरहेकाे र विहिवार वस्ने र मन्त्री परिषद्काे बैठकमा थप छलफल गरिने मन्त्री कार्कीले बताए।
विहिवार उच्चस्तरीय सँयन्त्रकाे छलफल पछि मन्त्री परिषदका बैठकले स्थानीय तहकाे निर्वाचनकाे मिति तय गर्ने अाँकलन गरिएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology