अनिष पन्थी,गुल्मी। गुल्मीमा गएको तीन दिन लगातार सवारी दुर्घटना भएका छन।
जिल्लाको गुल्मीदरबार गाउँपालिका वार्ड न.३ गौडाकोटको देउराली जङ्गलमा गएको तीन दिनमा मिनि ट्रक , कार र टिप्पर दुर्घटना भएका छन ।
ग १ च ७५४७ नम्बरको मिनि ट्रक अस्ति शुक्रबार राती दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डि.एसपि माधव खरेलले जानकारी दिए ।
यस्तै ग १ ज ५२८० नम्बरको कार पनि सोही स्थानमा हिजो दुर्घटना भएको डि.एसपि खरेलले बताए ।
आज बिहान पनि सोहि स्थानमा लु.२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा भएको छ । गाडिहरु सडकबाट करिब ५ मिटर तल सडक चिप्लो भएर दुर्घटना भएको बताइएको छ ।
तिन दिनमा तिनवटै सवारी साधन दुर्घटना बाट मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology