बुटवल । बुटवलको प्लान बी डान्स क्लबमा लागेको भीषण आगो नियन्त्रणमा आएको छ ।
शनिवार शुभारम्भ गर्ने तयारी रहेको बुटवल स्थित सिद्धार्थ कटेजको साइडमा रहेको डान्स क्लबमा शुक्रबार मध्यान्हतिर लागेको आगो झण्डै दुई घण्टा पछि नियन्त्रणमा आएको हो।
आगलागी नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको दमकल आएका थिए।
ठुलोसंख्यामा स्थानीय, प्रहरी र सेनाले आगो नियन्त्रण गर्न प्रयास गरिरहेका थिए।आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएकोे बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology