Logo

२०८३, श्रावण २७गते


images
images

राम्रो जागिर पाइने लोभमा भैरहेको काम नछोड्न दूतावासको आग्रह 

राम्रो जागिर पाइने लोभमा भैरहेको काम नछोड्न दूतावासको आग्रह 

images
  • राम्रो जागिर पाइने लोभमा भैरहेको काम नछोड्न दूतावासको आग्रह 
    images
    images

    रियाद । नेपाली राजदुतावास रियाद (साउदी अरब)ले राम्रो जागिर पाइने लोभमा भैरहेको काम नछोड्न आग्रह गरेको छ । पछिल्ला केही दिनहरुमा बिचौलिया हरुले अनेक प्रलोभन देखाएर श्रमिक हरुलाइ ठग्ने गरेको गुनासो बढेपछि दूतावासले बिज्ञपति निकालेर सबैलाइ सचेत रहन आग्रह गरेको हो ।

    images
    images
    images

    भर्खरै इकामा (आवासीय अनुमतीपत्र) बनाएका श्रमिक हरुलाइ उनिहरुले खाइपाई आएको तलब भत्ता भन्दा बढी तलब र सुबिधा दिने बहानामा भैरहेको रोजगारी छाड्न प्रेरित गर्ने र गैरकानुनी हिसाबले काममा लगाउने गरेको बुझिएको छ । कम्पनी छोडेर भाग्नु गैरकानुनी हो र त्यस्ता कामदार भगाउनु अपराध हो । प्रलोभन देखाएर काम बाट भगाउनु र प्रलोभनमा परि भाग्नु निन्दनिय काम भएको दूतावासको विज्ञप्तीमा भनिएको छ । साथै यो बिसयमा सबैलाइ सचेत गराइदिन साउदी अधिकारीहरू ले दूतावासलाई अनुरोध गरेका छन ।

    images
    images
    images

    साउदी अरबमा गैरकानुनी हैसियतमा रहेका ब्यक्ती बिरामी भएर उपचार गर्नुपर्दा अस्पतालमा छिर्न समेत नपाइने, दुर्घटना भएर घाइते अथवा अंगभंग वा अपांग भयो भने त्यसको उपचार र क्षेतिपुर्ती नपाइने एवम् त्यस्तो ब्यक्ति कुनै कारणबाट मृत्युु हुन गएमा मृतकको शव नेपाल पठाउने जिम्मा समेत कसैले नलिने हुंदा कसैको प्रलोभनमा परि क्षेणिक लाभ हेरेर आफ्नो कम्पनीबाट भाग्ने र गैरकानुनी हैसियतमा बस्ने काम कदापी नगर्न/नगराउनु हुन दूतावासले सबैमा अनुरोध गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।