Logo

२०८३, श्रावण २७गते


images
images

भोको पेट भर्नकै लागि कोरोनाको प्रवाह नगरी रुदैं भारत पस्न बाध्य छन् - बझाङे युवा

भोको पेट भर्नकै लागि कोरोनाको प्रवाह नगरी रुदैं भारत पस्न बाध्य छन् - बझाङे युवा

images
  • सेतोमसी सहकर्मी
  • भोको पेट भर्नकै लागि कोरोनाको प्रवाह नगरी रुदैं भारत पस्न बाध्य छन् - बझाङे युवा
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङबाट धनगढी र महेन्द्रनगरका लागि छुट्ने गाडी महिला र बालबालिकाले घेरिएका छन । गाडीभित्र र बाहिर भएका सबैका आँखा रसाएका छन् । कोही एक अर्कालाई अँगालो हालेर रोइरहेका छन्  । कोही ढोग–भेट गरिरहेका छन् ।

    images
    images
    images


    ३६ जना यात्रुको चलानी काटेको महाकाली यातायातको गाडी र ३५ जनाको चलानी काटेका धनगढी जाने गाडीभित्र बसेका धेरैजसो यात्रु रोजगारीका खोजीमा भारत जानका लागि घरबाट हिँडेका हुन् । बाहिरको भिडमा उनीहरूलाई बिदाइ गर्न आएका आफन्तहरू छन्, जो कोभिड महामारीको बेलामा समेत पापी पेट पाल्नकै लागि देश छोडेर कोभिडले आक्रान्त भएको मुलुकमा आफन्त पठाउँनु पर्दाको पिडाले अमिलिएका छन् । 

    images
    images
    images


    यसरी दिनका दिन युवाहरूले समूहमा नै गाउँ छाड्न थालेपछि गाउँमा पुरुषको सङ्ख्या घट्दै गएको छ । चार्डपर्व मानेर तिहारपछि  सुरु भएको भारत जानेको लर्काे अझै रोकिएको छैन । 

    images
    images
    images

    ‘मंसिरयता मात्र पाँच सयभन्दा धेरै यहाँबाट भारत गइसकेका छन् । कुनै–कुनै वडामा त एक जना पनि पुरुष भेटिँदैनन् । कसैको मृत्यु हुँदा लास उठाउने मान्छेसम्म गाउँमा छैनन्’, थलारा गाँउपालिका-९ का अध्यक्ष मोहनराज जैशीले भने, ‘२५–३० जना त परिवार र केटाकेटीसमेत लिएर भारततर्फ हिँडेका छन् । 


    ‘भारत जानेमध्ये धेरैले बनबासा र केहीले गौरीफन्टा नाका प्रयोग गर्ने गर्दछन् । महाकाली यातायातको बसमा यात्रा गर्ने ८० प्रतिशत यात्रु भारत जाने नै हुन्छन् । गएको कात्तिकदेखि नै भारत जानेको लर्काे लागेको हो’, सुदूरपश्चिम यातायातको सिमखेत काउन्टरका सदस्य जीवन खड्काले भने, ‘यो वर्ष भारत जानेको सङ्ख्या गएको वर्षभन्दा दोब्बरले बढी छ ।’ धैरैजसो श्रीमती र केटाकेटीसहित जाने गरेको उन्ले बताए  । 


    यही वर्ष आएको बाढी–पहिरोले जमिन नै लगेपछि भारत जानेको सङ्ख्या गएको वर्षभन्दा बढेको हो । 
    गाउँमा काम नपाएपछि वृद्ध आमाबुबालाई घरको जिम्मा लगाएर श्रीमती र छोरासहित भारतको बेङ्गलोर हिँडेको दुर्गाथलीका सुशील विष्टले बताए । ‘खेतीपातीमा उब्जनी छैन, आमाबुबाको उपचार गर्नुछ, सबैको पेट पनि पाल्नै पर्यो’, गहभरी आसुँ बनाउँदै उनले भने, ‘गाउँमा काम पाइँदैन, भारत नगएर के गर्नु ?’ 


    श्रीमती र परिवारसहित गएकाहरु एक–दुई वर्ष बसेर फर्किने र एक्लाएक्लै गएका धेरैजसो मानिसहरू जेठको खेती लगाउने बेलासम्म घर पुगिसक्ने गर्दछन् । 


    भारत जानेको सङ्ख्या यकिन नभए पनि गएको असोज र कात्तिक महिनामा आएको बाढीपछि विभिन्न गाउँबाट १५ हजारको हाराहारीमा मानिसहरू भारत गइसकेको अनुमान छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।