Logo

२०८३, आश्विन ११गते


images
images

बझाङमा मुक्त हलिया र महिला अपाङ्गता भएका ब्यक्तिहरुलाई मानव अधिकार उल्लंघन तालिम सम्पन्न

बझाङमा मुक्त हलिया र महिला अपाङ्गता भएका ब्यक्तिहरुलाई मानव अधिकार उल्लंघन तालिम सम्पन्न

images
  • बझाङमा मुक्त हलिया र महिला अपाङ्गता भएका ब्यक्तिहरुलाई मानव अधिकार उल्लंघन  तालिम सम्पन्न
    images
    images

    रूपक खड्का,  बझाङ।  मुक्त हलिया शशक्तीकरण परियोजनाले बझाङका मुक्त हलिया महिला, अपांगता भएका ब्यक्तीहरुलाइ मानव अधिकार उल्लंघनका मुद्दा सम्बन्धि  ३ दिने तालिम सञ्चालन  गरेको छ ।

    images
    images
    images

    युरोपियन युनियनको आर्थिक सहायतामा संचालित सीमान्तकृत  मुक्त हलिया र अपांङगता भएका ब्यक्तीको क्षमता बिकास गर्नका लागि सशक्तीकरण  केन्द्रित तालीम संचालन गरेको मुक्त हलिया बझाङका अध्यक्ष चक्र बहादुर  सार्कीले बताएका छन् ।

    images
    images
    images

    हलिया भनेका हाम्रा दास हुन ठान्ने जमिनदारहरुले गर्दा दलित समुदायको आर्थिक ,सामाजिक र सास्कृतिक अधिकारहरु कुन्ठित भएर बन्धन युक्त श्रमको भागिदार भएको बताएका छन् ।

    images
    images
    images

    नेपाल सरकारले मुक्त हलियालाई २०६५ सालमा यो प्रथा उन्मुलन गरि बझाङका जम्मा २८सय ४८ मुक्त हलिया  पीडितहरुलाइ क्षतिपूर्ति र पुर्नरबास को ब्यबस्था स्वरुप क ,बर्ग अन्तर्गत जग्गा खरिदका लागि २ लाख , घर निर्माणका लागि ३ लाख र घर मर्मतका लागि १ लाख २५ हजारका दरले बितरण गरेको  थियो।

    उक्त रकमले घर बनाउन तथा पुनर्निर्माण गर्न नपुग्ने भन्दै सरकार सङ पुनःस्थापनको माग गरेका छन् ।
    यस्तै मुक्त हलिया र सीमान्तकृत समुदायको अधिकारको प्राप्तिका लागि अहिले फेल्म नेपाल,काहुरास्ट ,लुथरन वर्ल्ड र युरोपियन युनियन सहित चार सस्थाको संजालले नेपाल सरकार र मुक्त हलिया तथा महिला अपाङ्गता ब्यक्तीको उत्थानका लागि काम गरिरहेको छ ।

    जिल्लाको जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकामा रहेका मुक्त हलिया महिला अपाङ्गता भएका ब्यक्तिको आवाजलाई सशक्त बनाइ अर्थपुर्ण राजनितिक सहभागीता गराइ पीडितलाई  सामाजिक ,आर्थिक र सास्कृतिक रुपमा प्रतिनिधित्व गराउन परियोजनाले काम गर्न सचिव मङ्गल सार्कीले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।