Logo

२०८३, आश्विन १०गते


images
images

नेपाली विद्यार्थीलाई क्रमैसँग चीन फर्काउने तयारी

नेपाली विद्यार्थीलाई क्रमैसँग चीन फर्काउने तयारी

images
  • नेपाली विद्यार्थीलाई क्रमैसँग चीन फर्काउने तयारी
    images
    images

    काठमाडौ ।चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी कोरोनाको पहिलो लहर सुरु भएसँगै अध्ययन अपुरै छाडेर स्वदेश फर्केका थिए। स्वदेश फर्केको दुई वर्षसम्म पनि चीन फर्किने वातावरण बन्न नसकेपछि नेपाली विद्यार्थी निराश देखिएका छन् भने नेपाल सरकार पनि उनीहरुको गुनासो सम्बोधन गर्न नसक्दा दबाबमा परेको छ। 

    images
    images
    images

    परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित चिनियाँ दूतावास र बेइजिङस्थित नेपाली दूतावास मार्फत चिनियाँ विदेश मन्त्रालयलगायत सरकारी निकायसँग नेपाली विद्यार्थीको फिर्तीका लागि ताकेता गर्दै आएको छ। नेपालमा करिब २ हजार नेपाली विद्यार्थी अड्किएको बताइन्छ।

    images
    images
    images

    परराष्ट्रमन्त्री डा. नारायण खड्काले दुई महिनाअघि चिनियाँ राजदूत होउ यान्छीसँग नेपालमा रोकिएका विद्यार्थी फिर्तीका लागि आग्रह गर्नुभएको थियो। त्यसबेला राजदूत यान्छीले पहल भइरहेको कूटनीतिक जवाफ दिनुभएको थियो। 

    images
    images
    images

    अध्ययन पूरा गर्न चीन फर्किन नपाएका नेपाली विद्यार्थीले काठमाडौँस्थित चिनियाँ दूतावास तथा परराष्ट्र मन्त्रालय र शिक्षा मन्त्रालयलगायत नेपाल सरकारका विभिन्न निकाय घच्घच्याउँदै आएका छन्। तर दुई वर्ष बित्दा पनि उनीहरुको गुनासो सम्बोधन भएको छैन।

    यसैबीच चीनस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई हालै पठाएको एक प्रतिवेदनमा चीन फर्काउने विद्यार्थीका लागि मापदण्ड बनाउने काम चीनले गरिरहेको सूचना दूतावासले पाएको उल्लेख गरेको छ। नेपाली दूतावासका वरिष्ठ अधिकारीले बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयका एसिया मामिला विभागका वरिष्ठ अधिकारीसँग हालै गरेको भेटको प्रसंग उल्लेख गर्दै प्रतिवेदनमा जनाइएअनुसार चिनियाँ अधिकारीले नेपाली विद्यार्थीको समस्याको गाम्भीर्य हेरी प्राथमिकता तय गर्ने र उनीहरुलाई क्रमैसँग चीन फर्काइने आश्वासन दिएका छन्। तर कहिले चीन फर्काइन्छ भन्नेबारे स्पस्ट जवाफ दिएका छैनन्।
        
    ‘कोराना महामारी सुरु हुँदा विद्यार्थीको पढाइ कुन चरणमा थियो, त्यसलाई हेरेर कुन विद्यार्थीलाई अघि र कुन विद्यार्थीलाई पछि चीन फर्काउने भन्ने प्राथमिकता निर्धारण गर्न एउटा मापदण्ड बनाउन लागिएको जानकारी चिनियाँ पक्षले गराएको छ,’ बेइजिङस्थित दूतावासका एक अधिकारीले बताउनु भएकाे छ ।

    अधिकारीका अनुसार कुनै विद्यार्थीको अन्तिम वर्षको मात्र परीक्षा छुटेको छ र उनीहरु चीन फर्किन नपाए डिग्री गुम्ने अवस्था छ भने त्यस्ता विद्यार्थीलाई पहिलो प्राथमिकतामा राख्ने तयारी छ।‘विद्यार्थीको पढाइको अवस्था हेरी चीन फर्काउन सकिन्छ भन्ने धारणा चिनियाँ पक्षबाट आएको छ। त्यसका लागि अहिले मापदण्ड बनाउँदै गरेको भनाइ छ,’ दूतावासका अधिकारीले भन्नुभयो।
        
     परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई फर्काउन कूटनीतिक पहल भइरहेको बताउनुभएको छ।‘विद्यार्थीहरुका तर्फबाट गुनासो आएको धेरै भयो। यसबारे काठमाडौंस्थित चिनियाँ राजदूतसँग कुराकानी भइसकेको छ। त्यस्तै बेइजिङस्थित नेपाली दूतावासले पनि पहल गरिरहेको छ। अब छिट्टै उनीहरुलाई फर्काउने माहौल बन्छ,’ । 

    चिनियाँ अधिकारीले एकैचोटि विदेशबाट लाखौँ विद्यार्थीलाई फर्काउँदा कोरोना संक्रमण दर बढ्न सक्नेप्रति आफूहरु चिन्तित रहेको बताउँदै आएका छन्। 
       
    कोरोना महामारीका बीच चीनको वुहानबाट नेपाली विद्यार्थीलाई सरकारले आफ्नै खर्चमा समेत उद्धार गरेर स्वदेश फर्काएको थियो। नेपाल फर्किएपछि केही विद्यार्थीले अनलाइन कक्षा लिएको भए पनि उनीहरुले प्रयोगात्मक परीक्षामा सहभागी हुन विश्वविद्यालय नै जानुपर्ने बाध्यता छ। केही महिनाअघि एसोसिएसन अफ नेप्लिज स्टुडेन्ट इन चाइनाले नेपालको स्वास्थ्य मन्त्रालयलाई एक ज्ञापनपत्र बुझाएको थियो। चीनका अलावा अस्ट्रेलिया, दक्षिण कोरिया र जापानमा अध्ययनका लागि जाने प्रक्रियामा रहेका हजारौं विद्यार्थी समेत कोरोना महामारीकै कारण रोकिएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।