रुपक खड्का , बझाङ । घरेलु तथा साना उद्योग कार्यलय बझाङको निरन्तर बजार अनुगमनबाट ठुलो मात्रामा अबैध घरेलु मदिरा तथा म्याद गुज्रिएका उपभोग्यबस्तुहरु बरामद गरि जलाएर नस्ट गरिएको छ।
जिल्लाको मुख्य बजार मानिने चैनपुर बजारमा ग्रामीण भेगबाट घन्टौं समय लगाएर खुद्रा ब्यापारीहरु सामान किन्न्न बजार पुग्छन् तर बजारका कतिपय पसलहरुमा ताजा सामान नपाएर म्याद सकिएको सामान लिन बाध्य हुने गरेको साना ब्यापारीको गुनासो छ ।
जिल्लाको संगमस्थल मानिने चैनपुर बजारमा सडेगलेको तथा म्याद गएको सामान बेच्दा गाउँघरका ब्यापारीलाई निकै समस्या भएको ब्यापारी सेर थापाले बताए । यस्ता घटनालाई मध्यनजर गरेर घरेलु तथा साना उद्योग कार्यलय बझाङले दैनिकी उपभोग्य बस्तु तथा पेय पर्दार्थको म्याद चेकजाँच गरि पसलबाट बरामद भएको सामान नस्ट गर्दै आएको छ ।
त्यसैगरी आज चैनपुरको चौराह देखि प्रशासन रोडमा रहेका पसलहरुमा अनुगमन गरेको छ । अनुगमन बाट लगभग १लाख २१ हजार ८००बराबरको अबैध मदिरा तथा म्याद गएको सामान बरामद गरेको छ । मदिराको लाइसेन्स नराखेर अबैध मदिरा बिक्रीवितरण गर्न ब्यापारीलाई पटक पटक लाइसेन्स बनाउन आग्रह गरेपनी कार्यलयको सुझाव अनुसार नचल्ने ब्यापारीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न कार्यलय प्रमुख खडक बोहराले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology