Logo

२०८३, श्रावण २७गते


images
images

चलचित्र

नेपाली बक्स अफिस रिपोर्ट : जेरी अन टपले कमायो १० करोड ५१ लाख

नेपाली बक्स अफिस रिपोर्ट : जेरी अन टपले कमायो १० करोड ५१ लाख

images
  • नेपाली बक्स अफिस रिपोर्ट : जेरी अन टपले कमायो १० करोड ५१ लाख
    images
    images

    काठमाडौँ । अनमोल केसीको फिल्म 'जेरी अन टप' ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।

    images
    images
    images

    चलचित्र विकास बोर्डले सार्बजनिक गरेको कार्तिक १५ गते शनिवारसम्मको आधिकारिक ग्रस कमाइमा जेरी अन टपले देशभर १० करोड ५१ लाख ४८ हजार ८०३ रूपैयाँ ग्रस कमाइ गरेको हो । सो अवधिमा यो फिल्मको ३ लाख ३३ हजार ६०५ वटा टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ ।

    images
    images
    images

    निर्माण पक्षले भने रिलिजको १५ दिनमा फिल्मले विश्वभर १५ करोड कमाई गरेको दाबी  गरेको छ । फिल्मलाई दर्शकले रुचाएका कारण अहिले पनि देशभरका कैयौं हलमा अहिले पनि हाउसफुलका साथ चलिरहेको छ ।

    images
    images
    images

    सुयोग गुरूङ निर्देशित एड्भेन्चर–लभस्टोरी जनराको 'जेरी अन टप' मा अनमोलसँगै आँचल शर्मा र जसिता गुरूङले मुख्य अभिनय गरेका छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको समेत अभिनय छ ।

    त्यस्तै हाल प्रदर्शनमा रहेको फिल्म वरिष्ठ बलरामले २ करोड ४८ लाख ३० हजार ४८८ ग्रस कमाइ गरेको छ । त्यसैगरी फिल्म मैझारोले एक करोड ९५ हजार ३०९ र फिल्म सोल्टिनीले २८ लाख ८० हजार १५६ ग्रस कमाई गरेको बोर्डले जानकारी दिएको छ ।

    बोर्डले सार्बजनिक गरेको बक्स अफिस रिपोर्ट कार्तिक १५ गतेसम्म दशैमा रिलिज भएको फिल्म बलिदानले ५ करोड १० लाख ३४ हजार ८०२ ग्रस कमाई गरेको छ भने हरि बहादुरको जुत्ताले ४ करोड ७१ लाख ३७ हजार ६८७ ग्रस कमाई गरेको छ । त्यस्तै फिल्म माइतीघरले ४ करोड १५ लाख ५१ हजार ८८८ कमाई गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेरी अन टप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।