Logo

२०८३, श्रावण २७गते


images
images

चलचित्र

फिल्म ‘जेरी अन टप’को पहिलो गीतमा रोमान्टिक बने अनमोल र आँचल

फिल्म ‘जेरी अन टप’को पहिलो गीतमा रोमान्टिक बने अनमोल र आँचल

images
  • फिल्म ‘जेरी अन टप’को पहिलो गीतमा रोमान्टिक बने अनमोल र आँचल
    images
    images

    काठमाडौँ । फिल्म ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ सार्वजनिक गरिएको छ ।

    images
    images
    images

    सोमवार घटस्थापनाको दिन पारेर सार्वजनिक रोमान्टिक भावको गीतमा फिल्मका मुख्य अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ । दुवैलाई गीतमा रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । 

    images
    images
    images

    असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ मा आशिष गुवाजु र सदिक्षा कट्टेलको गायन रहेको छ भने गीतकोप शब्द तथा संगीत जयन जे वाइबाको रहेको छ । सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्ममा अनमोल र आँचलसहित जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी, उषा खड्गी लगायतको पनि अभिनय रहेको छ भने सुरक्षा पन्तले विशेष भूमिका रहेको छ । सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् । 

    images
    images
    images

    हेमराज बिसीको कथा रहेको फिल्ममा विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन, जयन जे वाइबा, कालिप्रसाद बाँस्कोटा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । 

    गीतको लिंक-  https://youtu.be/uKwJCwBs8dA?list=RDuKwJCwBs8dA

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेरी अन टप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।