काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार छापावाल सुनको मुल्य स्थिर रहदै २ लाख ३९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतवार सुन तोलाको २ लाख ३९ हजार ७ सयमै कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर ३०६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार चाँदी तोलाको ३०५५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology