Logo

२०८३, श्रावण २७गते


images
images

टी-२० सिरिज

अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा भारतको कमब्याक : ५ विकेटले विजयी

अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा भारतको कमब्याक : ५ विकेटले विजयी

images
  • अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा भारतको कमब्याक : ५ विकेटले विजयी
    images
    images

    काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा कमब्याक गरेको छ । आइतवार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै सिरिजमा कमव्याक गरेको हो ।

    images
    images
    images

    अस्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य पछाएको भारतले १८.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

    images
    images
    images

    भारतको जितमा वाशिंटन सुन्दरले सर्बाधिक ४९ रन बनाएका थिए भने तिलक बर्माले २९, अभिषेक शर्माले २५, कप्तान सूर्यकुमार यादवले २४, जितेश शर्माले २२ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर नाथन इलिसले ३ विकेट लिएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउदै १८६ रन बनाएको थियो ।

    अस्ट्रेलियाका लागि टिम डेभिडले सर्बाधिक ७४ रन बनाएका थिए भने मार्कस स्टोइनिसले ६४ रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदीप सिंहले ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट लिएका थिए ।

    यो जितपछि ५ खेलको सिरिज १-१ ले बराबरी भएको छ । सिरिजको पहिलो खेल बर्षाले रद्ध भएको थियो । अब सिरिजको चौथो खेल विहिबार हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अस्ट्रेलिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।