अनिष पन्थी, गुल्मी । गुल्मीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको उद्घाटन गरिएको छ।
कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मार्फत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय लुम्बिनी प्रदेशकि कृषि खाद्य प्रबिधी तथा भुमी मन्त्री तथा कार्यक्रमकि प्रमुख अतिथी सुमन सर्मा रायमाझीले आज एक कार्यक्रमका बिच उद्घाटन गरेकी हुन ।
प्रदेस सरकार बाट बजेट आउने प्रतिबधता गर्दै मन्त्रालयले केही गरेन भन्दा पनि हामी यो गरम भन्दै अगाडि बढन प्रमुख अतिथी मन्त्री रायमाझीले बताइन ।
कृषि मन्तत्रालमका कर्मचारी रातदिन खटिरहेको बताउदै नया योजना लिएए आउन मन्त्री रायमाझीले आग्रह गरेकि छिन ।
गुल्मीमा कुनै ठुला उद्योग कलकारखाना नभएको र बेरोजगार धेरै भएकाले सबै कृषि पसुपालनमा लाग्न रेसुङ्गा नगरपालिकाका नगरप्रमुख एवं कार्यक्रमका विशेष अतिथि डिल्लिराज भुषालले बताए ।
कोभिडको कारण ले रोकिएको हाटबजार अब छिटो सन्चालन हुने समेत भुषालले बताएका छन। कार्यलयमा यदि प्राबिधिक नभएमा साइन बोर्ड मात्र राखेर केही नहुने भुषालको भनाइ छ।
कृषि र पशुपालन हाम्रो जिवनको मुख्य आधार भएकाले यो सबैलाइ बुझाउने पर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेलले बताए।
प्राबिधिक को क्षमता बिकास गर्दै सबैको घर दैलो गर्न समेत प्रमुख जिल्ला अधिकार पौडेलको आग्रह छ । सबै कृषक सङ्ग मिलेर काम गर्न ,सेवा प्रवाहमा सुधार गर्न समेत जोड दिएका छन।
संघियताका कारण पाल्पामा भएको भेटेनरी अहिले यहाँ आउदा उत्सुकता भएको उपस्थित कृषकहरुले बताएका छन।
कृषकहरुलाइ शहजता मिल्ने , साना किसानलाइ उत्पादमा उत्साह गर्ने सामानय कागज नपुगेको खण्डमा फेरि यतै फर्कन बाध्य भएको र अब त्यो समस्या नहुने कृषकको भनाइ छ।
नया कार्यलय स्थापना हुदा खुसी भएको बताउदै ,यो कार्यलय बाट भरपुर फाइदा लिन सबै कृषकलाइ जिल्ला समन्वय प्रमुख एवं कार्यक्रमका सभाध्यक्ष लक्ष्मण पराजुले आग्रह गरेका छन।
प्रदेश स्तरका कार्यलयमा कर्मचारी कम भएकाले कर्मचारी जनशक्ति धेरै गराउन प्रदेश सरकारले विशेष ध्यान दिन जोड समेत दिएका छन।
कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इस्वरी पौडेल ,नेपाली कांग्रेस गुल्मीका सह सचीव छवि पाण्डे , नेकपा माओवादि लुम्बिनी प्रदेश सदस्य असोक थापा, नेकपा एकीकृत समाजबादी गुल्मीका उप सचिव राजेन्द्र सुनार ,कार्यलयका कर्मचारी ,स्थानीयको समेत उपस्थित रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology