Logo

२०८३, कार्तिक २५गते


images
images

रुरुक्षेत्रमा बाघ आतंक : खोरबाटै थुत्छ बाघले बाख्रा, रातिमा हिडडुल गर्न समेत डराउँछन स्थानीय

रुरुक्षेत्रमा बाघ आतंक : खोरबाटै थुत्छ बाघले बाख्रा, रातिमा हिडडुल गर्न समेत डराउँछन स्थानीय

images
  • रुरुक्षेत्रमा बाघ आतंक : खोरबाटै थुत्छ बाघले बाख्रा, रातिमा हिडडुल गर्न समेत डराउँछन स्थानीय
    images

    माधव ज्ञवाली, गुल्मी । पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा बाघको आतंक मच्चिएको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा मंसिर महिनादेखि लगातार बेलाबेलामा  बाघले आतंक मच्चाइरहेको छ।

    images
    images
    images


    बिहीबारमात्रै रुरुक्षेत्र गाउँपालिका वडा न. ५ सौरिकोटका स्थानीय भिमबहादुर चित्रेको गोठबाट बाघले बाख्रो थुतेर खाएको छ। रातको समयमा खोरमा थुनेर राखेको बाख्रो थुतेर खाएको घरका एक सदस्यले बताए । खोरमा त्यहीँ एउटा मात्र बाख्रा थियो । उनका अनुसार  बाख्रो ब्याउने थियो, बाघले बाख्राको पेटपट्टिको भाग खाएको छ।

    images
    images
    images


    यसरी बाघले गोठमै छिरेर पशु चौपायामाथी आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । रातको समयमा घरबाट बाहिर निस्किन समेत डर सिर्जना भएको स्थानीयको भनाइ छ। 

    images
    images


    रातमा कतै पैदल हिड्न परे आजकाल एक्लै हिड्ने अवस्था छैन। स्थानीय धर्मराज पौडेलका अनुसार गएको मंसिर देखि पुषसम्म आइपुग्दा त्यस् स्थान आसपासमा यस्ता खालका ४ वटा घटना घटिसकेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।