Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

युगान्डामा भयानक सडक दुर्घटना, कम्तिमा ६३ जनाको मृत्यु

युगान्डामा भयानक सडक दुर्घटना, कम्तिमा ६३ जनाको मृत्यु

images
  • युगान्डामा भयानक सडक दुर्घटना, कम्तिमा ६३ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । युगान्डामा भएको भयानक सडक दुर्घटनामा कम्तिमा ६३ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    मिडिया रिपोर्टका अनुसार बुधबार बिहान राजधानी कम्पालालाई उत्तरी शहर गुलुसँग जोड्ने देशको सबैभन्दा व्यस्त मार्गहरू मध्ये एक कम्पाला-गुलु राजमार्गमा दुर्घटना भएको हो ।

    images
    images
    images

    युगान्डा प्रहरी बलका अनुसार दुई तीव्र गतिमा चलिरहेका बसहरू एकअर्कासँग ठोक्किएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार, एक बस चालकले दुर्घटनाबाट बच्न मोड लिएका थिए, जसका कारण धेरै सवारी साधनहरू पल्टिए र एकअर्कासँग ठोक्किएका थिए ।

    images
    images
    images

    घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ र सबैलाई पश्चिमी शहर किरियान्डोङ्गोको अस्पताल लगिएको छ ।  तीव्र गति, ओभरलोडिङ र रातमा लामो दूरीको यात्रा युगान्डामा हुने सबैभन्दा सामान्य सडक दुर्घटना भएको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।