काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने काठमाडौँ उपत्यकामा एक जना, मधेश, सुदूरपश्चिम र बागमती प्रदेसमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १३२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने कोशीमा ३५ जना, काठमाडौँ उपत्यकामा १० जना, सुदूरपश्चिममा १० जना, बागमतीमा ९ जना घाइते भएका छन् भने लुम्बिनीमा २३ जना, कर्णालीमा १३ र गण्डकीमा १० जना घाइते भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology