Logo

२०८३, आश्विन ९गते


images
images

कुकुर तिहारमा सिटिजन लाइफद्धारा अल केयरमा संरक्षित कुकुरको पुजा

कुकुर तिहारमा सिटिजन लाइफद्धारा अल केयरमा संरक्षित कुकुरको पुजा

images
  • कुकुर तिहारमा सिटिजन लाइफद्धारा अल केयरमा संरक्षित कुकुरको पुजा
    images
    images

    देवदह । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आठौं वार्षिकोत्सव र कुकुर तिहारको अवसरमा कम्पनीले अल केयर नेपाल, देवदह-१० मा उद्धार गरिएका कुकुरहरूलाई ‘सपोर्ट फर एनिमल रेस्क्यु प्रोग्राम’ अन्तर्गत खाद्यान्न सहयोग गर्दै टीका, माला र पूजा गरेको छ।

    images
    images
    images

    कार्यक्रमको अध्यक्षता क्षेत्रीय प्रमुख दुर्गा राज ढकालले गरे । प्रमुख अतिथि देवदह–१० का वडा अध्यक्ष एक बहादुर सुनार थिए भने, विशेष अतिथिमा देवदह शाखा प्रमुख विनिता श्रीस, फर्साटिकर शाखा प्रमुख उत्तम परियार, बेलबास शाखा प्रमुख योगेन्द्र रायमाझी र अल केयर नेपालका सञ्चालक दिपक रिजाल उपस्थित थिए ।

    images
    images
    images

    कार्यक्रममा उद्धार केन्द्रका कुकुरहरूलाई टीका, माला लगाएर पूजा गरिएको र खाद्यान्न वितरण गरिएको थियो ।

    images
    images
    images

    वडा अध्यक्ष सुनारले कुकुर तिहारजस्तो सांस्कृतिक पर्वमा जनावरप्रतिको माया र सामाजिक उत्तरदायित्व देखाएको सिटिजन लाइफको प्रयास प्रशंसनीय रहेको बताए। क्षेत्रीय प्रमुख ढकालले भने, “कम्पनीले व्यवसायिक क्षेत्रमा मात्र होइन, समाज र जीवजन्तुका हितमा पनि योगदान दिइरहेको छ।”

    देवदह शाखा प्रमुख विनिता श्रीसले समुदायका लागि सकारात्मक योगदानका लागि विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताइन्। अल केयर नेपालका सञ्चालक दिपक रिजालले सहयोगप्रति आभार व्यक्त गर्दै यसले उद्धार केन्द्रका कुकुरहरूको हेरचाहमा सहयोग पुगेको बताए।

    कार्यक्रमको अन्त्यमा सहभागीहरूले कुकुरहरूलाई टीका, माला लगाएर पूजा र खाना खुवाएका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।