पत्रकारिताकाे करिब तीन दशक बित्न लागेछ ।२०४२ सालतिर रिडी माध्यमिक विध्यालयमा पढदै गर्दा हिरण्यलाल श्रेष्ठले सम्पादन गर्ने डेलि डायरी साप्ताहिक बाट पत्रकारिता शुरु गरेकाे थिएँ ।त्यसपछि अविरल पत्रकारितामा मैले कलम चलाउँदै आएकाे छु ।
जीवन सपना हाे मान्छे हरुले अनेकौँ सपना बुनेर पेशामा छिर्छन । प्रगति गर्छन । शहर तिर घर बनाउँछन । महँगा गाडि चड्छन । तर म पत्रकारिता मा जुन ठाउँबाट लागेकाे थिएँ, फेरी फर्केर त्यहि ठाउँमा पत्रकारिता गर्दैछु । उहीँ गाउँकाे परिवेश । उहीँ उकाली ओराली । उनेै गाउँ कुरेर बसेका बा आमा । उहीँ खेतबारी । उहीँ दाउरा घाँस । उहीँ मन बिसाउने चौताराे ।
मैले लामाे समय शहर तिर पत्रकारिता गरेँ । रेडियाेमा बाेलेँ । पत्रिकामा लेखेँ । टेलिभिजनका बुम समातेर समाचारलाई अाफ्नाे अभिन्न अँग बनाएँ । तर गाउँ फर्केर शुरु गरेकाे पत्रकारिता मेरा लागि सबैभन्दा मन बुझाउने र अात्मसन्तुष्टि लिने प्लेटफर्म बन्याे ।
हाे, हामी बिचारले फरक छौँ । सम्पादक बिष्णु जी प्रेस सेन्टरमा अावद्द हुनुहुन्छ । सह-सम्पादक सुमन जी प्रेस युनियनमा र कार्यकारी सम्पादक म प्रेस चौतारीमा । तर समाचारमा हामीले कहिल्यै सम्झौता गरेनौँ ।
छाेराे कहिले अाउला भनेर कुरेकी मेरी अामाका लागि म गाउँ फर्केकाे करिब दुई वर्ष बित्याे । तर अामासँग मात्र डेढवर्ष मात्र बस्न पाएँ । ती डेढ बर्ष पनि मैले अामाकाे सेवा गर्ने ठुलाे अवसरका रुपमा लिएकाे छु ।म धेरै वर्ष अामासँगै गाउँमा बस्ने चाहन्थेँ । तर गएकाे साउन ५ गते नियतिले मेरी अामालाई मबाट खाेस्याे । अामा छाेराछाेरीका लागि कति महत्त्वपूर्ण हुन्छ्न भन्ने यतिबेला अामाकाे वियाेगले अनुभव गरेकाे छु ।
सँसारमा सबै सम्बन्धमा स्वार्थ लुकेकाे हुन्छ तर अामामा कहिल्यै स्वार्थ हुँदैन । गाउँ फर्केकाे दाेस्राे दिनबाटै गुल्मेली पत्रकारितामा जाेडिएकाे हुँ । गुल्मी अाएपछि मलाई पत्रकारितामा प्लेटफर्म दिने युगराज बस्याल, नवराज भुषाल प्रति कृतज्ञता ज्ञापन गर्नैपर्छ ।
मैले मुख्यतया गाउँका समाचारहरुलाई टपक्क टिपेर गाउँकै भाषामा समाचार लेख्न थालेपछि गाउँ घरका बा अामा, दाजुभाइ दिदीबहिनी सबैले रेडियाेमा मेराे समाचार सुन्ने बानि पार्नुभयाे । अहिले पनि स्थानीय रुरुएफमा कुनै दिन मैले पठाएकाे समाचार अाएन भने फल्नाकाे नाति छाेराे कता गएछ भनेर खाेजेकाे पाउँछु ।
मैले सधै जनकेन्द्रित र समुदाय केन्द्रित गाउँले समाचारमा कलम चलाउने प्रयास गरेकाे छु ।
वास्तवमा रेडियाेमा समाचार सुन्ने बानि परेकाले कृष्ण अन्जानलाई गाउँ गाउँमा खाेजेकाे देख्दा अाफुले गरेकाे पेशामा गर्व लाग्छ ।
साउन ५ गते अामालाई गुमाएपछि म लगभग विछिप्त बनेँ । किरिया भरि त घरमा धेरै साथि अाफन्तहरुकाे सहानुभूति पाईरहेँ, तेह्र दिनकाे पुण्य तिथि पछि सबै अाफन्त अाअाफ्नाे घर फर्कनु स्वाभाविक थियाे । म नितान्त एक्लाे बनेँ । मेरालागि भित्तामा टाँसिएको अामाकाे तस्बिर मात्र साथि थियाे । अामाकाे निधन मेरालागि एउटा सहनै नसक्ने पीडा थियाे । तर पनि मैले याे पीडा सहनु पर्थ्याे ।
समयकाे खेल त्यहि बेला सामाजिक सन्जालमा सेताेमसीमा मेरा अाँखा परे । मिठाे नाम र समाचार पनि उत्तिकै गहकिला । गुल्मेली पत्रकार सुमन महतरासँगकाे सम्पर्कले सेतोमसीका सम्पादक बिष्णु जीसँग कुराकानी पछि म सेतेमसीमा जाेडिन पुगेँ । वास्तवमा अामाकाे निधनपछि सेताेमसीले मलाई पीडा भुलाउन ठुलाे मद्दत गर्याे । शालिन र अत्यन्तै व्यवहारिक भाई विष्णु र सुमनकाे न्यानाे सदभावले मलाई पत्रकारितामा यसरी डाेहाेर्यायाे कि पत्रकारिताकाे वास्तविकता सेताेमसीमा काम गरेपछि बुझेकाे महशुस गरेकाे छु ।
हामी पत्रकार हौँ । हामिले लेखेका समाचारमा सबैले सहमति जनाउनु पर्छ भन्ने छैन । कसैले असहमति जनाउँदैमा हाम्रा कलमहरु राेकिनु हुन्न । स्थापनाकाे एक वर्षमै सेताेमसी समाचारका हिसाबले स्थापित छ ।
हाे, हामी बिचारले फरक छौँ । सम्पादक बिष्णु जी प्रेस सेन्टरमा अावद्द हुनुहुन्छ । सह-सम्पादक सुमन जी प्रेस युनियनमा र कार्यकारी सम्पादक म प्रेस चौतारीमा । तर समाचारमा हामीले कहिल्यै सम्झौता गरेनौँ ।
यतिबेला सेताेमसी साँच्चै पत्रकारितामा जमेकाे छ ।सबैलाई सबै समाचार मन पर्छ भन्ने छैन तर एकपटक बानि परेकाले सेताेमसी पढेकै हुन्छ र प्रतिक्रिया अाईरहेकाे पाउँछु ।
हामी पत्रकार हौँ । हामिले लेखेका समाचारमा सबैले सहमति जनाउनु पर्छ भन्ने छैन । कसैले असहमति जनाउँदैमा हाम्रा कलमहरु राेकिनु हुन्न । स्थापनाकाे एक वर्षमै सेताेमसी समाचारका हिसाबले स्थापित छ । तर अरु धेरै कुरा हामीले गर्नु बाँकि छ । हामीसँग बिज्ञापनकाे अभाव छ । मात्र समाचार लेखेर भाेका पेट भरिँदैनन । सबैले प्रयास गर्यौँ भने सबै सम्भव छ ।पहिलाे वार्षिकोत्सबमा सेताेमसी प्रति अाभार व्यक्त गर्दै कार्यकारी सम्पादककाे याे अवसरका लागि विशेष धन्यवाद ज्ञापन गर्दछु ।
कृष्ण अन्जान ज्ञवाली
कार्यकारी सम्पादक
setomasi.com
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology