Logo

२०८३, आश्विन ९गते


images
images

‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’ गीतले पायो ५ मिलियन भ्यूज

‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’ गीतले पायो ५ मिलियन भ्यूज

images
  • ‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’ गीतले पायो ५ मिलियन भ्यूज
    images
    images

    काठमाडौं । आउँदो कात्तिक ६ गते भाइटीकामा रिलिज हुने नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चामा छ। चलचित्रको गीत ‘न्यौली बनैमा’ युट्युबमा सार्वजनिक भएको दुई हप्तामै ५२ लाखभन्दा बढी पटक हेरिएको छ।

    images
    images
    images

    प्रशान्त शिवाकोटीको शब्द-संगीतमा प्रशान्त र शान्तीश्री परियारले गाएको गीतमा विजय बराल र समृद्धि अर्यालको रोमान्टिक जोडी देखिन्छ। विजयको नृत्य र अभिनयले दर्शकको ध्यान खिचेको छ।

    images
    images
    images

    चार दिनअघि सार्वजनिक ट्रेलरले पनि १३ लाखभन्दा बढी भ्यूज पाएको छ। ट्रेलरमा देखिएको दयाहाङ राई र विजय बरालको टकराब दर्शकले मन पराएका छन्।

    images
    images
    images

    सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा दयाहाङ, विजय, समृद्धि, पशुपति राईलगायतको अभिनय छ।

    गीत र ट्रेलरको लोकप्रियताले ‘वरिष्ठ बलराम’ बाट बक्स अफिसमा राम्रो व्यापारको अपेक्षा गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वरिष्ठ बलराम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।