Logo

२०८३, आश्विन ९गते


images
images

मोफसलका दर्शक भेट्न पुग्यो ‘वरिष्ठ बलराम’ को टिम

मोफसलका दर्शक भेट्न पुग्यो ‘वरिष्ठ बलराम’ को टिम

images
  • मोफसलका दर्शक भेट्न पुग्यो ‘वरिष्ठ बलराम’ को टिम
    images
    images

    काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’को टिम मोफसल पुगेको छ । दर्शक भेट्न भन्दै कलाकारसहितको टिम मोफसल पुगेको हो ।काठमाडौंका दर्शकसँगको साक्षात्कारपछि ‘वरिष्ठ बलराम’का कलाकार विजय बराल, समृद्धि अर्याल र निर्देशक सुरेन्द्र पौडेल मोफसलका दर्शक भेट्न निस्किएको हो ।

    images
    images
    images

    शुक्रबारदेखि ‘वरिष्ठ बलराम’को टिम पश्चिम नेपालका विभिन्न हलमा पुगेको छ । हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ । निर्देशक पौडेलले धेरै शो हाउसफूल भएका र हाउसफूल नभएका शोमा पनि ७० प्रतिशतभन्दा माथि अकुपेन्सी रहेको जानकारी दिए ।

    images
    images
    images

    तिहारको भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ ले देशभरका सिनेमा हलमा उत्साहजनक अकुपेन्सीमा प्रदर्शन भइरहेको छ ।रिलिजको पहिलो दिन देखिनै यो चलचित्रले हाउसफूल दर्शकहरूको साथ पाउँदै आइरहेको छ भने कतिपय हलहरूमा ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी हासिल गरेको छ ।

    images
    images
    images

    राजधानीदेखि बाहिरी सहरका सिनेमा हलहरूमा समेत दर्शकको भीड देखिएको छ । ‘वरिष्ठ बलराम’को अकुपेन्सी राम्रो भएपछि केही हलहरूले आज शनिवारलाई शोमा समेत थप गरेका थिए । पहिलो दिन बिहानैदेखि धेरै शोहरू हाउसफूल हुनु र दोस्रो दिन पनि सिनेमा हलमा दर्शकको उपस्थिति उच्चसँगै हाउसफूल हुनुले चलचित्रको राम्रो वर्ड अफ माउथ बनेको बुझाउँछ ।

    दयाहाङ राई र विजय बराल स्टारर यो चलचित्रले पहिलो दिनदेखि नै दर्शकको सकारात्मक रिभ्यु पाएसँगै चलचित्रको निर्माण पक्ष व्यापारप्रति आशावादी देखिएको छ । चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

    वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ ।

    चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।

    मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वरिष्ठ बलराम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।