Logo

२०८३, आश्विन ११गते


images
images

गुल्मीमा पहिरोबाट पिडित घर परिवारलाई साढे ७ लाख आर्थिक सहयाेग

गुल्मीमा पहिरोबाट पिडित घर परिवारलाई साढे ७ लाख आर्थिक सहयाेग

images
  • गुल्मीमा पहिरोबाट पिडित घर परिवारलाई साढे ७ लाख आर्थिक सहयाेग
    images
    images

    माधव ज्ञवाली ,गुल्मी । गुल्मीमा पहिरो पिडित घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ। जिल्लाको रुरुक्षेत्र-४  चौताराका पहिराे पिडितहरुलाई सहयाेग रकम हस्तान्तरण गरिएकाे हो ।

    images
    images
    images


    चौतारीमा गत असार २३ गते राति आएको अविरल बर्षाका कारण माथिबाट आएको पहिरोले १ दर्जन घर धुरीमा क्षति पुगेको थियो। त्यसको अर्को दिन त्यहाँका स्थानीय युवाहरुले अभियान सुरु गरेका थिए।अभियान बाट संकलन गरिएको साढे ७ लाख  रकम एक कार्यक्रमका बिच पिडितलाई हस्तान्तरण गरिएको अभियान्ता रेशम खड्काले बताए।

    images
    images
    images

       
    रकम हस्तान्तरण कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष  निलकण्ठ गौतम को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य हरि ज्ञवाली, नेकपा एमाले गुल्मी जिल्ला सचिवालय सदस्य चक्रपाणी गौतम,रुरुक्षेत्र-४ वडा अध्यक्ष फर्सुराम ज्ञवाली, अभियान्ता एवं नेकमा माओवादी केन्द्र रुरुक्षेत्र गाउँपालिका अध्यक्ष  यदु ज्ञवाली, जनमोर्चाका नेता टेकबहादुर के.सी. , युवा नेता नारायण पौडेल सहित  गाउँपालिकाका जनप्रतिनिधिहरू,मुल्याङ्न   समितिर अनुगमन समिति लगायतको राेहवरमा सहयाेग रकम हस्तान्तरण गरिएको थियो । 

    images
    images
    images


    अभियानमा स्वदेश तथा विदेशमा विभिन्न पेशामा आवद्द दाजुभाइ तथा दिदीबहिनी, विभिन्न समाजिक संघसंस्था,राजनीतिक दलका प्रतिनिध एवं  सामाजसेवीहरुबाट रु.७ लाख ५० हजार ५ सय ८७ रुपैयाँ  सहयोग  प्राप्त भएकाे थियो। जसमा रुरुक्षेत्र  ४ चौतारा घर भइ हाल अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका दिपक ज्ञवाली र उनको श्रीमति सिर्जना ज्ञवालीले  मात्रै सबैभन्दा बढी रु.७१ हजार सहयोग गरेका थिए भने अभियान्ता निरन्जन खड्काले पनि रु.५१ हजार सहयोग गरेका थिए। खड्का हाल युकेमा कार्यरत  छन् ।


    पहिरोबाट के कति क्षति भएको छ त्यसको आधारमा रकम उपलब्ध गराइएको अभियान्ता प्रज्वल खड्काले बताए। पहिरोबाट सबैभन्दा बढी स्थानीय गणेश खड्काको घर गोठ लगायत पशु चौपायामा क्षति पुगेको थियो। उनलाई नगर रु. ३ लाख सहयोग गरिएको छ। त्यस्तै अर्का स्थानीय झविन्द्र खड्काको परिवारलाई पनि नगद रु. २ लाख ८० हजार नगद सहयोग अभियानबाट उठेको रकमबाट सहयोग गरिएको छ।


    त्यस्तै पहिरो पिडित घर परिवारका सदस्य सरस्वती खड्कालाई रु.२० हजार प्रदान गरिएकोमा सुर्य बहादुर खड्का, दुर्गा ज्ञवाली, र युवराज ज्ञवालीको परिवारलाई रु.४०/४० हजार हस्तान्तरण गरिएको छ।
    यता रन बहादुर खड्का र छविलाल ज्ञवालीको परिवारलाई ३०/३० हजारको दरले रकम हस्तान्तरण गरिएको छ भने तिलक भुषालको परिवारलाई १० हजार प्रदान गरिएको छ। यता पहिरोलेसामान्य क्षति पुर्याएको इश्वरी ज्ञवाली,लक्ष्मण खत्री ,शान्ता बस्नेत र गिरबहादुर वि.क को परिवारलाई नगद रु.३ हजार हस्तान्तरण गरिएको छ।


    रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले राजनीति भन्दा माथी उठेर यहाले युवाले गाउँपालिकाले भन्दा पनि सराहनीय र साहसिक काम गरेकोमा धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा पनि यस्तै कार्य गर्न हौसला प्रदान गरे। कार्यक्रममा युवा नेता यदु
    ज्ञवाली, वडा न.४ का वडा अध्यक्ष फर्सुराम ज्ञवाली लगायतले मन्तव्य राखेका थिए। अभियान र सहयोग हस्तान्तरण कार्यक्रमक बारेमा अभियान्ता रेशम खड्काले बैंक स्टेटमेन्ट सहित  प्रकाश पारेका थिए। उपलब्ध सहयोग रकमलाई शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको शाखा बलेटक्सार र प्रभु बैंकको शाखा रानिवासमा जम्मा गरिएको थियो।


    क्षतिग्रस्त परिवारका लागि स्थानिय प्रज्वल खड्का ,रेशम खड्का,निरन्जन खड्का,नवीन पौडेल ,केशव पौडेल लगाएतका युवाहरुकाे प्रयासमा सो रकम संकलन गरिएको  थियाे । अभियन्ता नविन पौडेलको स्वागत मन्तव्य  रहेको कार्यक्रम को संचालन अभियान्ता केशव पौडेलले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।