काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत नेपालले आज सुपर सिक्सको दोस्रो खेल कतारविरुद्ध खेल्दैछ । नेपाल र कतारविरूद्धको यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुदैछ ।
त्यस्तै सुपर सिक्सको अर्को खेलमा आज युएई र ओमानबीच पनि खेल हुनेछ । यो खेल दिउसो ४: १५ बजेदेखि हुदैछ ।
नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो । त्यस्तै कतारले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो ।
नेपालले यो खेलपछि बुधवार ओमानसँग खेल्ने छ भने शुक्रवार सामोआसँग खेल्ने तालिका रहेको छ ।
विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमानमा रहेको छ । टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology