Logo

२०८३, आश्विन ९गते


images
images

एमालेकाे बढ्दाे जनलहरले अत्तालिएर केही दलले गठबन्धनकाे राग अलापेकाे हिमाल श्रेष्ठ दावी

एमालेकाे बढ्दाे जनलहरले अत्तालिएर केही दलले गठबन्धनकाे राग अलापेकाे हिमाल श्रेष्ठ दावी

images
  • एमालेकाे बढ्दाे जनलहरले अत्तालिएर केही दलले गठबन्धनकाे राग अलापेकाे हिमाल श्रेष्ठ दावी
    images
    images

    कृष्ण अन्जान,रुरु। नेकपा एमालेका युवा नेता हिमाल श्रेष्ठले नेकपा एमालेमा बढ्दाे जन लहरले अत्तालिएर विपक्षि केही राजनैतिक पार्टीहरुले गठबन्धनकाे राप अलापि रहेकाे बताउनु भएकाे छ ।

    images
    images
    images

    नेकपा एमाले रुरुक्षेत्र गाउँ पालिका वडा न १ काे कार्यकर्ता भेलामा बाेल्दै नेकपा एमाले जिल्ला पार्टी सचिवालय सदस्य समेत रहेकाे एमालेका रुरुक्षेत्र ईन्चार्ज समेत रहेका श्रेष्ठले यतिबेला देशै भरि एमालेमा जनलहर देखिएकाले निराश नहुन समेत कार्यकर्तालाई आग्रह गर्नु भयाे । 

    images
    images
    images

    समृद्ध नेपाल र शुखि नेपालीकाे महान अभिायान सँगै विकासका हजारौं पुर्वाधार हरुकाे निर्माण सामाजिक शुरक्षा भत्ता लगाएत दर्जनौं जन केन्द्रीत कामले नेकपा एमाले जनतामाझ लाेकप्रिय रहेकाे र जनताकाे आशाकाे केन्द्र एमालेनै रहेकाे ठाेकुवा नेता श्रेष्ठले गर्नु भयाे ।

    images
    images
    images

    भेलामा आफ्नाे धारणा राख्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण अन्जान ज्ञवालीले जनकेन्द्रित र समुदाय केन्द्रितरुपमा नेकपा एमालेले आफ्ना कामहरु अगाडि बढाएर जनतामा लाेकप्रिय रहेकाे र त्याे लाेकप्रियता कायमै राख्न कार्यकर्ता निरन्तर रुपमा लाग्नु पर्ने बताउनु भयाे ।

    भेलामा बाेल्दै नेपाल राष्ट्रिय शिक्षक सँगठनका केन्द्रीय सदस्य राेहित भण्डारीले पार्टी भित्र पटकपटक पटक विभाजनका काला बादलले ढाके पनि जस्तोसुकै अप्ठ्याराेमा नेकपा एमालेकाे बहुदलीय जनवाद सतिसाल झैँ नडग्मगाएकाे बताउनु भयाे ।
    नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा न १ का पार्टी अध्यक्ष नवराज विककाे अध्यक्षतामा भएकाे भेलामा जिल्ला समन्वय समितिका उपप्रमुख समेत रहनु भएकी एमाले नेतृ तुल्सी श्रेष्टले पनि आफ्नाे धारणा राख्नु भएकाे थियाे 
    कार्यक्रममा प्रेस चौतारी नेपालकाे केन्द्रीय सदस्य बन्नु भएकाे पत्रकार कृष्ण अन्जान ज्ञवालीलाई सम्मान गरिएकाे थियाे ।
    भेलाकाे सन्चालन नेकपा एमाले रुरुक्षेत्र १ का  सचिव चिरन्जिवि ज्ञवाली र स्वागत सहसचिव नर बहादुर हमालले गर्नु भएकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।