रेशम अधिकारी, स्याङ्जा । कोरोना संक्रमणका कारण थलिएका पर्यटन क्षेत्र पछिल्लो समय जुरमुराउन लागेको छ । नेपालीहरु गर्मीयाममा भन्दा जाडोयाममा घुम्न रुचाउँछन् । यस्ले पनि पर्यटन प्रबर्द्धनलाई मद्दत पुर्याइराखेको छ । कोरोना संक्रमणले भिजिट नेपाल २०२० त सफल हुन सकेन तर अवस्था सामान्यरहे यसले गति लिने संभावनाहरू भने जीवितै छन् ।
नेपाल पर्यटकिय स्थालको खानीनै हो भन्दा पनि हुन्छ । पुर्व देखि पश्चिम र उत्तर देखि दक्षिण यस्तो कुनै जिल्ला छैन जहाँ घुम्ने ठाउँ नहोस ।
यस्तै वालिङ बजारबाट नजिकै रहेको सुन्दर, शान्त, मनोरम र दृश्यावलोकनका लागि महत्वपूर्ण मानिएको 'बाहुनथान' आन्तरिक पर्यटनको स्थानीय केन्द्र बनेको छ ।
बाइसे चौबीसे राज्यको महाँकोटे राज्यका बाघखोरकी रानी लानकुमारी खाँणले करिब १०० वर्षअघि उक्त जग्गा गौचरनका रूपमा छाडेकी थिईन् । उक्त ठाउमा खाँणदेवी' को मन्दिर स्थापना गरिएको र त्यहाँ पूजा गर्ने पुजारी गैह्रे जातिको बाहुन भएका हुनाले त्यस ठाउँलाई 'बाहुनथान' भने गरिएको स्थानीयहरू बताउँछन् ।
वालिङ बजार देखी उक्त ठाउँमा पुग्न पैदलमार्गबाट एक घण्टा र सवारीसाधनमा १५ मिनेटमा लाग्दछ ।
वालिङ नगरपालिकाका बजार, आंधीखोला र खोला किनारका समथर सहित स्याङ्जा र अन्य जिल्लाका विभिन्न ठाउँको दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ दैनिक आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यहाँ रहेको ठुलो चौरमा ठाँउ ठाँउमा बस्नको लागि बेन्च समेत राखिएको छ । त्यहाबाट सुन्दर गुलावी वालिङ सहर हेर्न सकिन्छ ।

बाउनथानसम्म पुग्नका लागि सडक कालोपत्र गर्ने खानेपानीको व्यवस्थापन, अन्य पूर्वाधार निर्माण गरिएको छ । पहिले पहिले यहाँ फलेका साग तरकारी र फलफूल किन्ने मान्छे नहुंदा बारीमै कुहिने गरेका थिए । अहिले बाहुनथानमा आन्तरिक पर्यटक आउन थालेपछि यसबाट राम्रै आम्दानी हुने गरेको स्थानीयवासीको भनाइ छ ।
टिकटक, फेसबुक जस्ता समाजिक संजालमा बाहुनथानको सुन्दरताको प्रसारले गर्दा उक्त क्षेत्रमा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन् । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि यहाँ व्यापार व्यवसाय पनि फस्टाउँदै गएको स्थानीयवासीको भनाइ छ ।
स्मार्ट सिटीको अवधारणासहित अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाभित्रका विशेषगरी बजारका घरमा एउटै गुलावी कलर लगाउने अभियान अगाडि बढाएसंगै यो क्षेत्रनै मनमोहक देखिएको छ ।
के हो स्मार्ट सिटी ?
सूचना तथा संचार प्रविधीले ल्याएको क्रान्ती संगै विकसित भएको अवधारणा हो । यस्को कुनै निश्चित परिभाषा छैन । यो शहरबासी र शहरको नेतृत्वले देख्ने सपना हो । सन् २०५० सम्ममा विश्वको करिब ७० प्रतिसत् जनसंख्या शहरमा बस्ने अनुमान गरिएको छ ।
शहरमा बढ्ने यो जनसंख्याका कारण ठूलो मात्रामा उर्जा खपत हुने, धेरै हरितगृह ग्यास उत्सर्जन हुने, शिक्षा, स्वास्थ्य, यातायात जस्ता सेवामा कठिनाई उत्पन्न हुने, लगायत अन्य धेरै नकारात्मक असरहरु पर्ने हुनाले त्यसको न्यूनीकरण गर्न स्मार्ट सिटीको आवश्यकता महसुश भएको हो । स्मार्ट सिटी भन्ने वाक्यांस सन २००० पछि बढी अपनाउन थालिएको भएता पनि ९० को दशकको शुरुवात देखिनै धेरै शहरहरु स्मार्ट सिटीको रुपमा विकसित हुंदै आएका छन् ।
सूचना तथा सञ्चार प्रविधीमा पछिल्लो समय भएको विकासले मानव जीवन निकै सहज भएको छ । संसारको जुनसुकै कुनामा सस्तो र सहज सञ्चार सम्भव भएको छ । तथ्याङ्क, सूचना र ज्ञानको श्रोतहरुसम्मको पहुँच सजिलो भएको छ फलस्वरुप विश्व नीकै सांघुरो बनेको छ ।
स्मार्ट सिटीमा ब्रोडब्याण्ड सञ्जालको विस्तार, स्मार्ट उपकरणहरुको प्रयोग, वेबमा आधारित एप्लिकेशन र ईलेक्ट्रोनिक सेवाहरुको विकास, स्मार्ट पूवाधार्रहरुको निर्माण, सरकारी लगायत अन्य तथ्यांकमा सहज पहुंच आदि अनिवार्य सर्तहरु हुन । स्मार्ट सिटीमा नागरिकहरुको गुणस्तरीय जीवन यापनको लागि भौतिक पूर्वाधारहरुमा सूचना तथा सञ्चार प्रविधीलाई एकिकृत गरिएको हुन्छ । शहरमा उपलब्ध सेवा तथा सुविधाहरु प्राप्त गर्न प्रयोग गरिने वस्तुहरुलाई आपसमा जोडेर इन्टरनेट अफ थिंग्स भनिने सञ्जाल बनाइएको हुन्छ । यो सञ्जालमा जोडिएका सम्पूर्ण वस्तुहरुले एकापसमा तथ्यांक एवं सूचनाहरु आदान, प्रदान र प्रशोधन समेत गर्न सक्दछन ।
शहरी कृयाकलापहरुमा सूचना तथा सञ्चार प्रविधीको प्रयोगले शहरी गतिविधी सञ्चालनको प्रभावकारीता र कार्यक्षमता बढ्दछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology