Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राट्रिय

भारतको कटकमा दुई समुदायबीच तनाव: इन्टरनेट बन्द : ३६ घण्टाका लागि कर्फ्यु

भारतको कटकमा दुई समुदायबीच तनाव: इन्टरनेट बन्द : ३६ घण्टाका लागि कर्फ्यु

images
  • भारतको कटकमा दुई समुदायबीच तनाव: इन्टरनेट बन्द : ३६ घण्टाका लागि कर्फ्यु
    images
    images

    काठमाडौँ । भारतको ओडिशास्थित कटकमा  दुई समुदायबीच तनाव र हिंसात्मक घटनाहरू पछि इन्टरनेट र सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द गरिएको छ । तनाव बढेपछि शहरका अधिकांश भागहरूमा ३६ घण्टाको कर्फ्यू लगाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    विश्व हिन्दू परिषद्ले सोमवार कटकमा १२ घण्टाको बन्दको आह्वान समेत गरेको छ। दुई दिनअघि दुर्गा पूजा विसर्जनको क्रममा भएको झडपपछि शहरमा तनाव कायमै रहेको छ।

    images
    images
    images

    आइतवार अनुमति नदिए पनि, विश्व हिन्दु महासंघका कार्यकर्ताहरूले बाइक र्‍याली आयोजना गरेको प्रहरीले जनाएको छ ।  प्रहरीले उनीहरूलाई रोकेको र विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि ढुङ्गा प्रहार गरियो, जसमा आठ प्रहरी घाइते भएको बताइएको छ । 

    images
    images
    images

    ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले बदमाशहरूमाथि कडा निगरानी गरिरहेको छ र कानून अनुसार उनीहरू विरुद्ध कडा कारबाही गरिने बताएका छन् । विपक्षी बिजु जनता दलका नेता नवीन पटनायकले कटकको अवस्थालाई लिएर सरकारको आलोचना गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत
  • # कर्फ्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।