Logo

२०८३, आश्विन १०गते


images
images

बझाङबाट धनगढी जाँदै गरेको जिपबाट १६ किलो चरेश बरामद

बझाङबाट धनगढी जाँदै गरेको जिपबाट १६ किलो चरेश बरामद

images
  • बझाङबाट धनगढी जाँदै गरेको जिपबाट १६ किलो चरेश बरामद
    images
    images

    रमेश बहादुर सिह, बझाङ। बझाङबाट धनगढी जाँदै गरेको जिपमा प्रहरीले १६ किलो चरेश फेला पारेको छ । सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ जाँदै गरेको से १ज ७१८ नम्बरको जिपमा चेकजाँच गर्दा १६ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    कैलालीको चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जिपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    images
    images
    images

    जिपमा चरेश फेला परेपछि जिप चालक बझाङको बुंगल नगरपालिका –११ देउलीकोटका २८ बर्षीय बीर बोहरा र ४० बर्षीय गमलाल बोहरालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चरेश बरामद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।