Logo

२०८३, आश्विन १०गते


images
images

बझाङ बिमानस्थल स्तरउन्नतीका लागि १२ लाख ९९ हजार बजेट बिनियोजन

बझाङ बिमानस्थल स्तरउन्नतीका लागि १२ लाख ९९ हजार बजेट बिनियोजन

images
  • बझाङ बिमानस्थल स्तरउन्नतीका लागि १२ लाख ९९ हजार बजेट बिनियोजन
    images
    images

     रमेश बहादुर सिह, बझाङ। जिल्लाको एक मात्र देवल बिमानस्थलको स्तरोउन्नतीका लागि सांस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालय बाट १२ लाख ९९ हजार २ सय रुपैया बजेट बिनियोजन भएको छ ।

    images
    images
    images

    नेपाल सरकार सांस्कृती पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेम बहादुर आलेको अध्यक्षतामा पौष ११ गते बसकेको बैठकले सो निणर्य गरेको जनाएको छ । धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक अर्ब बजेट विनियोजन गरिएको छ।

    images
    images
    images

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को बैठकले धनगढी विमानस्थलका लागि एक अर्ब विनियोजन गरेको जनाएको छ । क्षेत्रीय अन्तरास्ट्रिय स्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट बिनियोजन गरिएको मन्त्री आलेले बताएका छन ।

    images
    images
    images

    उनले विमानस्थलमा थप संरचना निर्माण गर्न थप १५ करोड बजेट विनियोजन गरिएको बताए। बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५० बिगा जग्गा अधिग्रहण गर्ने प्रस्ताव समेत पारित गरेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए।

    उनले भने, “धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन नक्सा पास गरी र जग्गा अधिग्रहण गर्ने प्रस्ताव पारित भएको छ, अब चाडै मन्त्रिपरिषदमा लैजाने छौँ।” उक्त प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएपछि धनगढीमा क्षेत्रीय विमानस्थलको काम अघि बढ्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    आज बसेको क्यानको बैठकले अछामको साँफेबगर, कमलबजार, डोटीको दिपायल र डडेल्धुरामा समेत विमास्थलको रन वे विस्तार तथा टर्मिनल भवन र विमानस्थल बनाउन बजेट विनियोजन गरेको छ। क्यानको ३९२ औं बैठकले आज बजेट पारित गर्नुको साथै पूर्वाधार विकासका बारेमा निणर्यहरु गरेको प्रवक्ता चन्द्रलाल कणर्ले जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ बिमानस्थल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।