काठमाडौं। निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ता गर्ने भएका छन् । उनले यही पुष १९ गते नागरिक समाजवादी पार्टी नामक नयाँ दल दर्ता गर्ने भएका हुन् ।
नागरिक समाजवादी पार्टीको चुनाव चिन्ह भने ढकिया राखिने जनाएका छन्। चौधरी अहिले कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा छन् ।
थरूहट क्षेत्रलाई आधारभूमि बनाएर चौधरीले यही पुष १९ गते नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन् । २०१ जनाको केन्द्रीय सदस्य रहनेगरि आयोगमा दर्ता गर्न लागिएको उक्त पार्टीमा थारु र पहाडीहरु सबैलाई समावेशी गरिने जनाईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology