काठमाडौं। बागमती प्रदेश लोकसेवा आयोगले सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा दरखास्त आह्वान गरेको छ ।
लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर प्रदेश मन्त्रालय र स्थानीय तहका लागि विज्ञापन खोलेको हो ।
आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो । २ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology